अर्थ / बिजनेस पर्या पर्यटन

‘बैङ्क र व्यवसायीबीच दोषारोपण होइन, एकता आवश्यक’

कोरानाले समस्या ल्याएको भन्दै नेपाल राष्ट्र बैङ्कले ऋणीका लागि सहुलियतको प्याकेज अघि सार्‍यो । त्यसबमोजिम चैतको किस्ता र ब्याज असारमा तिर्न सकिने तथा चैतमै तिरे ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था भएको छ । राष्ट्र बैङ्कले ल्याएको सहुलियतलाई उद्योगी-व्यवसायीहरूले अपूरो भनिरहेका छन् । तर, एनआइसी एशिया बैङ्कले राष्ट्र बैङ्कको सहुलियतभन्दा पनि अघि बढेर चैत र वैशाखमा सबै प्रकारका कर्जाको साधारण ब्याजमा १० प्रतिशत छुट तथा हर्जनामा शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।

एनआईसी एसिया देशकै उत्कृष्ट बैङ्कको सुचीमा पर्छ । देशकै सबैभन्दा बढी तीन सय १९ शाखाको सञ्जाल, ग्राहक संख्या २१ लाखभन्दा बढी, ३६ सयभन्दा बढी कर्मचारी, दुई खर्ब ३० अर्बभन्दा बढीको वासलात र अधिकांश वित्तीय परिसूचकहरूमा यो बैङ्क अग्रणी छ ।

About the author

admin

Add Comment

Click here to post a comment

Featured