अर्थ / बिजनेस आजको पत्रपत्रिकामा कला र साहित्य खेल कुद देश / राष्ट्रिय पर्या पर्यटन प्रवास / अन्तर्राष्ट्रिय फोटो फिचर मनोरञ्जन मुख्य समाचार राजनीति विचार/ब्लग विचित्र संसार विज्ञान-प्रबिधि शिक्षा समाचार स्वास्थ्य

संकटका बेला प्रधानमन्त्री ओलीले खेलेको ‘फाउल’

Prime Minister KP Sharma Oli taking part in a video conference of SAARC leaders to contain the spread of the coronavirus, in Kathmandu, on Sunday. The conference was conducted at the initiative of the Indian PM. Photo: RSS

९ वैशाख, काठमाडौं । अढाई वर्ष अगाडि एक चुनावी सभामा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फुटबल स्टार लियोनल मेस्सीसँग तुलना गरेका थिए । त्यतिबेला चर्चामा रहेका विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई कटाक्ष गर्दै उनले भनेका थिए, ‘उहाँहरूले गर्ने राजनीति भनेको मेस्सीले फुटबल खेलिरहेको ठाउँमा कस्तो हुँदोरहेछ भनेर केटाकेटीले बल हान्न खोजेजस्तै हो ।’

अर्जेन्टिनी फुटबल स्टार मेस्सी आफ्नो उत्कृष्टताका लागि मात्र नभएर ‘फेयर प्ले’ का लागि पनि चिनिन्छन् । खेल जति तनावपूर्ण भए पनि उनी निकै कम ‘फाउल’ खेल्छन् । त्यसैले मेस्सीका आलोचकहरू संसारमा निकै कम छन् ।

आफूलाई मेस्सीसँग तुलना गरेका ओली चुनाव जितेर शक्तिशाली प्रधानमन्त्री बने । आफ्नो बोलीलाई व्यवहारले सावित गर्ने मौका र चुनौती उनका सामु आएको थियो । अर्थात्, मेस्सीजस्तै उत्कृष्टता र फेयर प्ले देखाउने ।

तर, पाँच वर्षे कार्यकालको आधाजसो समय खपत गरिसक्दा उनी दुवै पक्षमा चुकेका छन् । देश सञ्चालनमा उनले उत्कृष्टता देखाउन सकिरहेका थिएनन् नै, अहिले आएर एउटा गम्भीर ‘फाउल’ खेलेका छन् ।

तर, ओलीलाई पहेँलो वा रातो कार्ड दिन मैदानमा कुनै अम्पायर उपस्थित छैनन् ।

प्रसंग सोमबार सरकारले ल्याएको अध्यादेशकै हो, जसको अहिले तीव्र आलोचना भइरहेको छ ।