Uncategorized अर्थ / बिजनेस आजको पत्रपत्रिकामा कला र साहित्य खेल कुद देश / राष्ट्रिय पर्या पर्यटन प्रवास / अन्तर्राष्ट्रिय फोटो फिचर मनोरञ्जन मुख्य समाचार राजनीति विचार/ब्लग विचित्र संसार विज्ञान-प्रबिधि शिक्षा समाचार स्वास्थ्य

२४ जना संक्रमित देखिएको प्रदेश १ को सुरक्षा व्यवस्था कडा, नेपालमा संक्रमण तेस्रो चरणमा प्रवेश

गत शुक्रबार ११ जना संक्रमितलाई उदयपुर ३ स्थित भुल्केको एक मस्जिदमा फेला पारेपछि सशंकित बनेको सरकारले सो क्षेत्रलाई नै कडा सुरक्षाबीच राखेको छ। कोभिड १९ का कुल ४२ जना संक्रमित फेला परेसँगै हाल ४ जना बिरामी उपचारपछि घर फर्किएको अवस्थामा ३८ संक्रमित उपचारका लागि अस्पताल भर्नामा छन्। समुदायमा कोरोना भाइरसको संक्रमण देखिएसँगै मंगलबारदेखि नेपालमा कोरोना भाइरस संक्रमण तेस्रो स्टेजमा प्रवेश गरेको छ।

विदेशबाट आएकाहरुमा कोरोना  भाइरसको संक्रमण भए पहिलो चरण मानिन्छ भने उनीहरुले परिवार र छरछिमेकमा संक्रमण फैल्याए दोस्रो चरण मानिन्छ। धनगढीका एक युवकले आफ्नो परिवारको सदस्यमा संक्रमण फैलाएपछि नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेको थियो। संक्रमितहरुले समुदायमा संक्रमण फैल्याए भने यसलाई तेस्रो चरणको अवस्था मानिन्छ।

मंगलबार पोजेटिभ नतिजा आएकाहरु १८ वर्ष उमेरदेखि ५८ वर्षसम्मका छन्। दुईजना महिलासमेत छन्। एक साताभित्र एकै क्षेत्रबाट कोभिड १९ का ठूलो संख्यामा संक्रमित फेला परेपछि प्रदेश एक सरकारले सो क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएको जनाएको छ।