Featured प्रवास / अन्तर्राष्ट्रिय मनोरञ्जन

अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जस्ट सामलाई, नेपाली युवा दिवेस पोखरेललाई पुगेन पर्याप्त भोट ।

५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकि हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका पुगेका थिए ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment