Featured

Featured खेल कुद प्रवास / अन्तर्राष्ट्रिय समाचार

कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल आज रातिदेखि पुनः सुरु हुँदै

कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल आज रातिदेखि पुनः सुरु हुँदैछ । गएको मार्चदेखि कोरोना भाइरसको महामारीका कारण स्थगित भएका सिजनका खेलहरु बन्द रंगशालमा कडा सावधानीसहित पुनः सुरु हुन लागेका हुन ।

नेपाली समय अनुसार बिहिवार  राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबिच खेल हुनेछ । यो खेल नै कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग पुनः सुरु हुने पहिलो खेल हो ।

आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने गरी यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ । स्पेन सरकारले खेलकुद विभागले ला लिगा र स्पेनिस सकर फेडेरेशनसँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति गरेपछि ला लिगाका बाँकी ११ चरणका खेलहरु हुन लागेको हो ।

स्पेनमा फुटबल लिगहरु गएको मार्च १२ देखि रोकिएका थिए । २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक रहेको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment