Featured देश / राष्ट्रिय मुख्य समाचार राजनीति समाचार

“समाजबादको बाटो हिड्ने हो भने सामाजिक पुर्वाधारलाई प्राथमिकतामा राख्नुपर्छ” : साँसद विशाल खड्का

बागमती प्रदेश सभा साँसद बिशाल खड्काले आर्थिक वर्ष २०७७/७८ को बजेट सन्तुलित नभएको भन्दै सच्याउनुपर्ने माग गर्नुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले हिजो प्रदेशसभा समक्ष पेश गर्नुभएको आर्थिक प्रतिबेदन माथि आफ्नो धारणा राख्दै सांसद खड्काले प्रदेशको बजेट सबै जिल्ला र भुगोलको हिसाबले सन्तुलित नभई हेटौडा इपिसेन्टर भई आएको व्यङग्यात्मक टिप्पणी गर्नुभयो । प्रस्तुत बजेट सर्मथन र विरोधको प्रक्रिया भन्दा पनि सिङ्गो नेपालीको भविष्यसंग जोडिने दस्तावेज भएकोले यसका हरेक अव्यवहरुलाई केलाएर हेर्नुपर्ने र आर्थिक सामाजिक दृष्टिकोणसंग मेल खानुपर्ने उहाँको भनाई छ । बजेट समाजबाद उन्मुख भएपनि वितरण प्रणालीमा समानता नभएको प्रति उहाँको असहमती रहेको छ ।

मुलुक कोरोना सक्रमण विरुद्ध लडिरहेको अवस्था र लाखौं नेपालीले विदेशमा रोजगारीका अवसरहरु गुमाईरहेको अवस्थामा प्रदेश सरकारले तिनिहरुको व्यवस्थापनका लागि ठोस कार्यक्रमहरु ल्याउनुपर्नेमा ध्यानाकर्षण गर्नुभयो । अहिलेको सरकार ५ बर्षे कार्यकालको मध्यान्तरमा आईपुगेकोले सरकारको कार्यक्रम र उपलव्धीको समिक्षा हुनुपर्ने भन्दै प्रदेशबासीले अपेक्षा गरेका रोग, भोक र भ्रस्टचारको मुक्तिका लागि प्रदेश सरकारले उचित कदम चाल्नुपर्ने उहाँले बताउनुभयो ।

सांंसद खड्काले समाजबादको बाटो हिड्ने हो भने सामाजिक पुर्वधारलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै परम्परागत भोतिक पूर्वाधारमा मात्रै उत्साहित हुने परम्परा तोड्नुपर्ने बताउनुभयो । साँसद पूवाृधार विकास कार्यक्रमले सांसदहरुको व्इज्यत मात्र गरेकोले सो कार्यक्रम हटाउन समेत माग गर्नुभएको छ ।

मुलुक संघिय संरचनाको ढाँचामा गएपनि सेवाग्राही एकातिर र कार्यलयहरु अर्कोतिर भएका कारण सेवा प्रबाहमा समस्या भईरहेको भन्दै साँसद खड्काले डिभिजन कार्यालय, ज्ञानकेन्द्र, ध्यानकेन्द्र लगायतका कार्यलयहरु कि त जिल्ला स्तरीय रुपमा व्यवस्थापन हुनुपर्ने वा भंग गर्नुपर्ने माग गर्नुभयो ।

बागमती प्रदेश सरकारले राष्ट्रको चौथो अंगको रुपमा रहेको संचारक्षेत्रमा समेत बजेट विनियोजन नगरेको प्रति पनि साँसद खड्काले आपत्ति जनाउनुभएको छ । संचार जगतले प्रदेशको अभिभाकत्व खोजेको भन्दै बजेटले संचारक्षेत्रलाई समेट्न नसक्नु दुखःद भएको भन्दै सच्याउन आग्रह गनुभएको छ ।

बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट माथि प्रदेशसभामा छलफल सुरु भएको छ । प्रदेश साँसदहरुबाट बजेटमाथिको टिप्पनी पश्चात आवश्यक संसोधन सहित प्रदेशसभाबाट पारित हुनेछ ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured