Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार स्वास्थ्य

जिरी नगरपालिकालाइ चिनकाे सहयाेग, १९ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

जिरी। दाेलखा

दोलखाको जिरी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको चीनको छङ्दु नगरपालिकाले जिरी नगरपालिकालाई कोरोना भाइरस संक्रमण रोकथामका लागि करिव १९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेकोे छ ।

चीनको काउरो डिस्ट्रिकको छङ्दु नगरपालिकाले २०७६ साल असोज २८ गते भगिनी सम्बन्ध जोडेको जिरी नगरपालिकालाई पीपीइ सेट लगायतका १९ लाख ५४ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

छङदु नगरपालिकाले पीपीई सेट ३ सय ६० थान, एन ९५ मास्क ५ सय थान, सर्जीकल मास्क ३० हजार थान, थर्मल गन ८० थान र ८ सय जोर ह्यान्ड ग्लोब्स सहयोग गरेकोे छ ।

छङदु नगरपालिकाले पीपीई सेट ३ सय ६० थान, एन ९५ मास्क ५ सय थान, सर्जीकल मास्क ३० हजार थान, थर्मल गन ८० थान र ८ सय जोर ह्यान्ड ग्लोब्स सहयोग गरेकोे जिरी नगरपालिकका नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । चीनले सहयोग गरेको सो सामग्री सोमबार मात्रै नगरपालिका आईपुगेको नगरप्रमुख जिरेलले बताउनुभयो । स्वास्थ्य सामग्री हाल नगरपालिकामा रहेको र नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकी तथा अस्पतालहरुमा प्रयोग गरिने जिरी नगरपालिकाले जनाएको छ । जिरीमा बढी भएको स्वास्थ्य सामाग्री आवश्यक परेमा जिल्लाका अन्य स्थानीय तहरुलाई पनि वितरण गर्न सकिने जनाइएको छ ।
केहि दिन अघिमात्र जिरी नगरपालिकाको छिमेकी गोकुलगंगा गाउँपालिकामा क्वारेनटाईनमा रहेका १९ जना मध्य ११ जनामा कोरोना पोजिटीभ देखिएको थियो । जसका कारण जिरी नगरपालिकामा कोरोना त्रास बढेको छ । प्राप्त सामाग्रीले जिरी नगरपालिकामा कोरोना परिक्षण सहज हुने स्थानीयबासीको अपेक्षा रहेको छ ।

 

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured