Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

जिरी बसपार्कमा पहिरो झर्यो, दुई घरमा क्षती मानवीय क्षती भएन

जिरी,२६ असार । लगातारको बर्षाको कारण गएराती जिरी बसपार्कमा पहिरो गएको छ । दोलखाको जिरी नगरपालिका वडा नं. ५ स्थित बसपार्कमा बिहान करिब ४:३० बजे माथिल्लो भागबाट पहिरो झरेको हो ।

पहिरोले स्थानीय मनमाया तामाङको घरमा पुर्ण रुपमा क्षेती पुर्याएको छ र अर्को एक घरमा आंसिक क्षति भएको छ । तर मानबिय क्षेती नभएको उद्दारमा खटिएका एक प्रहरीले बताएको छ। किराना पसल संचालनमा रहेको उक्त घरमा भएको क्षतीको विवरण आउन बाकी छ । घटनास्थल वरपरका अन्य परिवारहरु अझै जोखिम उच्च भएको भन्दै अन्यत्र स्थान्तरण गर्न थालेका छन ।

घटनास्थलमा जिरी नगरपालिका, ईलाका प्रहरी कार्यालय जिरी,  तारा दल जिरी गुल्म का सेना र स्थानीय को सक्रियतामा उद्दार तथा ब्यवस्थापन भएको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment