Featured

Featured आजको पत्रपत्रिकामा देश / राष्ट्रिय शिक्षा समाचार

दोलखाको निलकन्ठेश्वर मा. बि. लाई प्रदेश सरकारको बजेट, आवासीय बिद्यालयको रुपमा बिकास गरिने

दोलखा,६ साउन । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ स्थित निलकण्ठेश्वर माध्यामिक बिद्यालय मा आवासीय बिद्यालयको लागि आवश्यक थप संरचना बन्ने भएको छ । नेपाल सरकार बागमती प्रदेशको आवासीय बिद्यालय संचालन कार्यबिधी २०७६ बमोजिम दोलखाको एक मात्र बिद्यालयमा प्रदेश सरकारले बजेट बिनियोजन गर्न लागेको हो ।

बिद्यालयको तर्फबाट गुरुयोजना निर्माण गर्ने र प्रदेश सरकार अन्तरगत आवश्यक डि.पि.आर. तयार गर्ने काम भैरहेको बिद्यालयका प्रधानध्यापक शान्तलामा शेर्पाले जानकारी दिए । बागमती प्रदेश अन्तरगत १३ जिल्ला मध्य ५ सामुदायिक बिद्यालय छनौट गर्ने क्रममा दोलखाको निलकन्ठेश्वर मा.बि. आवासीय बिद्यालयको रुपमा बिकास गर्ने गरि छनौट भएको हो ।  नागरिकले राज्यबाट आधारभुत  शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निशुल्क पाउने संबैधानिक प्राबधान २०७६ कार्यबिधी जारी भएको छ । जस अन्तर्गत बागमती प्रदेश सामाजिक मन्त्रालयको आ. व. २०७६/०७७ को बजेट शिर्षकबाट ५ वटा सामुदायिक बिद्यालयलाई आवासीय बिद्यालयको रुपमा बिकास गरिने छ ।

आवासीय बिद्यालयको रुपमा बिकास गर्न थप संरचना निर्माणको लागि आवश्यक पुर्वाधारको जोहो भैसकेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार बहादुर खड्काले जानकारी दिए । भदौ लगत्तै सबै तयारी पूरा गरि तत्काल निर्माण प्रक्रिया थाल्ने अध्यक्ष खड्काले बताए । यस बिद्यालयमा करिब ६००  जना बिद्यार्थि बसोबास गर्न मिल्ने सुबिधायुक्त आवास निर्माण हुने छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment