Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

बन्ने भयो आकर्षक जिरी बिजनेस कम्प्लेक्स

जिरी, ४ साउन । दोलखाको जिरीमा बन्न लागेको व्यावसायिक भवनको आज सम्झौता भएको छ । जिरी नगरपालिकाको तर्फ बाट मेयर टंक जिरेल ले नगर बिकास कोष संग ऋण सम्झौता गरेको हो ।

जिरी नगरपालिका वडा नं. ५ मा हालको बसपार्क रहेको स्थानमा करिब ११ करोडको लागतमा बिजनेस कम्प्लेक्स निर्माण गर्ने योजना अघि बढिसकेको छ । सो पूरा लागत मध्य ७० प्रतिशत रकम नगर बिकास कोषबाट उपलब्ध हुने छ भने बाकी ३० प्रतिशत रकम जिरी नगरपालिकाले ब्यहोर्नु पर्ने छ । निर्माण टेन्डर आव्हान भई नसकेको तर आगामी दशै तिहार पर्व पछि मंसिर लाग्दो लगत्तै हालको अस्थायी संरचना हटाएर निर्माण सुरु गर्ने प्रक्रियाको थालनी हुने मेयर जिरेलले बताउनुभयो ।

हाल उक्त स्थानमा अस्थायी टहराहरुमा स्थानीयले नगरपालिका संग केही भाडा रकम तिरेर ब्यबसाय संचालन गरिरहेका छन ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment