Featured

Featured अर्थ / बिजनेस देश / राष्ट्रिय मुख्य समाचार शिक्षा समाचार

बिद्यालयको डेढ करोड रकम बेरुजु, गाउँपालिका अध्यक्ष र कार्यकारी प्रमुखले नियतबस बजेट फ्रिज पठाएको प्रधानाध्यापकको आरोप

दोलखा, ९ साउन । जिल्लाको मेलुङ गाउँपालिकामा रहेको त्रिभुवन माध्यामिक बिद्यालयको डेढ करोड रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्यालयको नाममा बिनियोजन गरेको १ करोड ५० लाख रकम वेरुजु रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले देखाएको हो ।

विद्यालयले आर्थिक अनुशासनको पालनासँगै नियमानुसार खर्च नगरेपछि डेढ करोड बजेटलाई महालेखा परिक्षकको प्रतिवेदनले वेरुजु औल्याएको हो । गाउँपालिकाका प्रवक्ता हिरा थोकरका अनुसार उक्त विद्यालयको नाममा डेढ करोड रुपैयाँ बेरुजु देखिन आएको हो । त्रिभुवन विद्यालय नमुना विद्यालय छनौट भएपछि बहुवर्षिय गुरुयोजना अन्तर्गत २०७६ वैशाखमा ५० लाख र असारमा १ करोड गरी कुल १ करोड ५० लाख रुपैयाँ अनुदान रकम गाउँपालिकाले विद्यालयलाई भुक्तानी गरिसकेको गाउँपालिकाले जनाएको छ । कानुनको पालना, जवाफदेहीता वहन, लेखापालन र आर्थिक कारोबारको स्थिति लगायतका सूचकलाई महालेखाले प्रतिवेदनको आधार बनाउने गर्दछ ।

प्रदेश सरकारबाट शसर्त अनुदान अन्तर्गत प्राप्त उक्त बजेट नमुना विद्यालयको रुपमा छनौट भएको त्रिभुवन माविको शैक्षिक सुधार र भौतिक पूर्वाधारमा खर्च गर्न गाउँपालिकाले निकासा दिएको थियो । तर विद्यालयका लागि निकासा दिएको अनुदान रकमबाट विद्यालयले के कस्ता भौतिक निर्माण तथा शैक्षिक विकासका कार्यहरु गरेको छ, सो सम्बन्धमा कुनैपनि कागजात श्रेस्ता साथ पेश हुन आएको छैन, प्रतिबेदनमा उल्लेख छ ।

बजेट सहि ढंगले कार्यान्वयन भए/नभएको बारे विश्वस्त हुने आधारमाथि महालेखाले प्रश्न उठाएको हो । निकासा लिएको रकमबाट भए गरेका भौतिक निर्माण तथा विद्यालय शैक्षिक सुधारको प्रगति सहित आवश्यक श्रेस्ता, प्रमाण कागजात पेश हुनुपर्ने आफ्नो प्रतिवेदनमा महालेखाले भनेको छ ।

बेरुजुपछि बजेट रकम फिर्ता
विद्यालयले अघिल्लो आर्थिक वर्षको बेरुजु फ्छ्र्यौट नगरेपछि गत आार्थिक वर्ष सोही शिर्षकमा विद्यालयले प्राप्त गर्ने अनुदान फिर्ता गएको छ । गाउँपालिका स्रोतका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्राप्त १ करोड ५० लाख रुपैयाँ अनुदान फ्रिज जानुमा अघिल्लो आवको वेरुजु मुख्य कारण हो । ‘विद्यालयले अघिल्लो आर्थिक वर्षको सम्परीक्षण गरेको पाईएन, समयमै भौतिक निर्माण र शैक्षिक सुधारको कार्यक्रम पनि पेश गरेन, त्यसकारण अनुदान फिर्ता गएको हो, गाउँपालिका स्रोतले भन्यो ।’

कोरोना महामारीसँगै सुरु भएको लकडाउनका कारण पनि बजेट कार्यान्वयनमा समस्या भएको बताईएको छ । स्थानीय जानकारहरुका अनुसार विद्यालय आफै योजना कार्यान्वयन गर्ने वा गाउँपालिकाले बोलपत्र आव्हान गर्ने विषयमा पनि समस्या थियो ।

विद्यालय प्रशासन, वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले भने गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले नियतबस बजेट फ्रिज पठाएको भन्दै तिब्र बिरोध जनाएका छन् । विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले गाउँपालिका अध्यक्ष र कार्यकारी प्रमुखले नियतबस बजेट फ्रिज पठाएको आरोप लगाए । तर अध्यक्ष श्रेष्ठले पालिकाको शैक्षिक सुधारका लागि प्राप्त बजेट जानजान फ्रिज पठाउने कुरा सोच्नपनि नसकिने प्रतिक्रिया दिए । सोही विषयलाई लिएर केहीदिन अघि पालिकाको बैठकमा परिस्थिति असामान्य बनेको थियो । सो क्रममा गाउँपालिका अध्यक्षमाथि हातपातको प्रयास समेत भएको थियो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment