Featured

Featured देश / राष्ट्रिय प्रवास / अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार

भारतको बनारसमा एक नेपालीमाथि दुव्यर्वहार, जबर्जस्ति केस मुन्डन गर्न लगाई नेपाल र प्रधानमन्त्री ओलि बिरुद्ध नारा लगाउन लगायो

काठमाडौं, २ साउन । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा एक नेपालीमाथि दुव्यर्वहार भएको छ ।

विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका छन् । उनी उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन लगाएका छन् ।

घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गरेको छ । लगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध प्रहरीले एफआईआर दायर भएको छ ।

यसैबीच नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि घटनाबारे चासो देखाएको छ । नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका छन् ।

यस्तो घटनालाई लिएर दुई देशको सम्बन्ध बिग्रन नदिने विषयमा मुख्यमन्त्रीसँग छलफल उनले जानकारी दिए । मुख्यमन्त्रीले घटनामा संलग्नलाई सख्त कारवाही गर्ने बताएको राजदूत आचार्यले जानकारी दिए । उनले भनेका छन ‘नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीहरू असुरक्षित हुनुहुँदैन भन्नेमा मुख्यमन्त्री सहमत हुनुहुन्छ ।’