Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्यो, देशभर व्यापक वर्षा हुने अनुमान

काठमाडौ, ५ साउन । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेको मौसमविद्ले बताएका छन् ।  यो रेखा जति नजिक आउँछ उति वर्षा बढ्ने भएकाले अब कम्तीमा तीन दिन देशभर वर्षा व्यापक हुने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसमविद्का अनुसार यो रेखा आइतबार राति नेपालतर्फ सरेको हो । यो जानकारी जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी केही दिनअघि नै दिएको थियो ।

मौसमविद् सजिना शाक्यका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षा हुने सम्भावना छ ।

त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment