Featured

Featured अर्थ / बिजनेस देश / राष्ट्रिय समाचार

सहकारीले बितरण गर्यो कृषक शेयर सदस्यहरुलाइ बाँदर भगाउने यन्त्र

दोलखा, ६ साउन । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कु साउँतेमा रहेको भद्रेश्वर कृषि सहकारी संस्थाले आज एक कार्यक्रमका बिच आफ्ना कृषक शेयर सदस्यहरुलाइ बाँदर भगाउने यन्त्र वितरण गरेको छ । बाँदरले मकै लगायत अन्य अन्नबाली साथै तरकारी बाली समेत खाएर नस्ट गर्न थालेसंगै कृषक शेयर सदस्यहरुको धेरै गुनासो आएकोले कृषककाे बाली जोगाउने उद्देश्यले बाँदर भगाउने यन्त्र वितरण गरिएको सहकारी संस्थाका सचीव सम्बु बहादुर खडकाले बताउनु भयो ।

राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुर काठमाडौ बाट प्रती गोटा दुई हजार पाँच सय रुपैयाँको दरमा खरिद गरि ल्याएको उक्त यन्त्र सहकारी संस्थाले निशुल्क रुपमा कृषक शेयर सदस्यहरुलाइ एक टाेलमा एउटा यन्त्र वितरण गरेको हो । सहकारीले शैलुङ वडा नम्बर सातको भोटे फस्कु,बमराजि,पाडे गाउँ ,गोथारे,डिहि,आहालबारी,पाखाटाेल, तल्लो साउँते टाेल ,खडका टाेलको लागि एक एक थान र मेलुङ गाउँपालिकाको वडा नम्बर एक पवटि सिम्टेकाे लागि एक थान गरि १० थान वितरण गरिएको संस्थाका अध्यक्ष बलराम बुढाथोकीले बताउनु भयो ।

सहकारीले यन्त्र वितरण गरेपछि केहि हद सम्म भए पनि बाँदर नियन्त्रण हुने कुरामा कृषकहरुले बिश्वास लिएका छ्न ।

 

#समाचार/तस्बिर स्रोत : शिव भुजेल

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment