अडियाे / भिडियाे कला र साहित्य मनोरञ्जन

बन्दाबन्दिको सदुपयोग, बन्यो CONNECTED

जिरी । कनेक्टेड( connected ) अथवा जोडिएको एक सन्दर्भ को कथाबस्तु समेटेर जिरीका नवयुवाहरुले छोटो वृतचित्र सार्वजनिक गरेका छन । मनोज जिरेलको निर्देशनमा छायांकन गरिएको उक्त बृतचलचित्र लकडाउनको सदुपयोग स्वरुप आफुहरुको एउटा प्रयास मात्र भएको उल्लेख गरेका छन ।

गाउँघरमा प्रचलनमा रहेको पुरानो सांस्कृतिक सामग्री ओसारपसार गर्ने गिरोह समूह बिचको अन्तरसम्बन्धको द्वन्द्वात्मक प्रस्तुतिले कथालाई सस्पेन्स थ्रीलरको रुप दिएको छ । करिब ११ मिनेटको उक्त छोटो चलचित्रको छायांकन मनोज जिरेल र राजु सुनुवारले संयुक्त रुपमा गरेका छन । कलाकारको रुपमा राजु सुनुवार,प्रतीकराज खड्का, सुजन बस्नेत, दिपेश जिरेल, यहुन्न तामाङ को भुमिका देख्न सकिन्छ ।

जिरी पेरिफेरिमा छायांकन गरिएको “कनेक्टेड” को दृश्यले जिरीलाई फिल्म हब अथवा खुल्ला फिल्म स्टुडियो को झल्को दिएको छ ।
हेर्नुहोस( CONNECTED – SHORT NEPALI MOVIE) पूरा भिडियो