यात्रा स्मरणः गौतम जिरेल/ पुष्कर महत
नुम्बुर चिज सर्किट अन्तरगत पर्ने पाँचपोखारी जटापोखरी पुग्न रामेछापको गुम्देल, खहरे र दोलखाको जिरी क्याङ्से पोखरी हुँदै तीन बैकल्पिक मार्गहरु छन । तर तिर्थयात्रीहरु रामेछापको गर्जाङ हुँदै खहरेको बाटो बढि प्रयोग गरेको पाइन्छ । दोलखाको जिरी नगरपालिका वडा १ साबिक श्यामा गा बि स मा पर्ने प्रसिद्ध पाँचपोखरी जटापोखरी धार्मिक तथा पर्यटकिय क्षेत्र हो । गौरीशंकर संरक्षण क्षेत्र GCAP भित्र संरक्षित देशकै अमुल्य सम्पत्ति हो पाँच पोखरी जटापोखरी ।
रामेछfपको खहरेबाट घ्वाङखोला पानीपाखा हुँदै झण्डै ६ घण्टा लाग्ने उकालो बाटो भएर मानेडाँडा पुग्न सकिन्छ । सो क्रममा पहिलो बिसौनी करिव ३ घण्टा हिँडेपछि समुन्द्री सतहबाट ३१८० मिटर उचाइमा रहेको पानिपाखा भन्ने स्थानमा पुग्नु पर्छ । त्यहाँ शौचालय सहितको आपतकालीन बास बस्न योग्य घ्याङ बनाइएको छ र स्थानीयले खाजा खाना पाइने अस्थायी दोकान पनि राखेको रहेछ ।
त्यसपछिको यात्रा उकालै उकालो बाटो फोक्टे हुँदै करिव ३ घण्टाको हिँडाइपछि ३९३७ मिटरको उचाइमा रहेको मानेडाँडा पुगिन्छ । मानेडाँडामा रहेका चौँरी गोठहरुमा खाना, चिया तथा थुक्पाको ब्यबस्थापन त्यहिका स्थानीय चौरिगोठालोहरुले गरेका रहेछन । मानेडाँडाबाट अलि तेर्सो तेर्सो तर अत्यन्त साँघुरो बाटो हुँदै यात्रा अगाडि बढ्छ । मानेडाडाबाट अघि बढ्दै जादा उच्च पहाडी रमाइला दृष्यहरु देखिन थाल्छन् । ठुला तथा अग्ला पहाडको बाटो हुँदै तिनै जटापोखरीदेखि बग्दै आउने कन्चन खोलाको स्पर्श गर्दै अझै थप उकालो काट्नु पर्छ । केही बेर पुनः उकालो चढेपछी समुन्द्री सतहबाट करिब ४२५० मिटरको उचाइमा रहेको जट्टापोखरी पुग्छौँ । यो तिर्थयात्रासँग गाँसिएको प्राकृतिक मनमोहक जटापोखरीको दृष्यलाई जब हामी आफ्नो आँखाको लेन्समार्फत मस्तिष्कमा भण्डारण गर्न पुग्छौं तब आखा हुनुको गर्वले दृश्यको महत्त्व प्रष्ट अनुभुत हुन्छ । माथिल्लो भुभागमा रहेको पत्रे चट्टानको पहाड वरपरि थुम्का थुम्का परेका होचा भुभाग अनि विचमा गहिरो जट्टापोखरीलाई देखेपछि यात्रामा देखिएका हजारौँ दुखहरु भुलेर हामी यही पोखरीसँग रमाउन थाल्छौँ । जट्टापोखरी किनारमा मानिसहरुको भिडभाड देखेर हामी पनि हेर्न पुग्दा केही मानिसहरु र झाक्रीहरु बिच अर्थ सोधनिको कार्याक्रम चल्दै रहेछ . विभिन्न तर्क बित्तर्क जारी नै रहदा बादबिबाद बिस्तारै मथ्त्थर हुँदै थियो भने साझ पनि पर्दै थियो । त्यो कोलाहलमय वातावरणमा पनि जट्टापोखरी भने उस्तै शान्त र मौन थियो ।
जनै पुर्णिम्माको दिन साउन शूक्ल पूर्णिमाको अवसर पारेर जनै फेर्न र तिर्थ नुहाउन आएका तिर्थालुहरु सवेरै नुहाउछन । सुरुमा पानिमा पस्न गार्होा जस्तो भएपनि पानिमा पसिसकेपछि हपहपि गर्मिको महशुस हुने सायद त्यो चिसो पानीमा नुहाएर पाँपोखरीको उचाईमा पुग्दा त्त्यहाको ठन्डा बाताबरणले कुनै असर नपरोस भन्ने बैज्ञानिक काराण पनि हुन सक्छ । जट्टापोखरी नुहाएर भक्तजनहरु जट्टापोखरीमा सद्व्यू छर्दै जट्टापोखरीका महादेवलाई पुकार्दै पुजा गर्छन । अनि लगत्तै भक्तजनहरु पाँचपोखरी तर्फ जाने क्रम सुरु हुन्छ । जट्टापोखरिबाट त्यो ठाडो र अप्ठ्यारो बाटो पार गर्न करिब १ घन्टा जति लाग्छ । त्यो उकालो पार गरेर समुन्द्री सतहबाट ४५१४ मिटरको उचाईमा रहेको पाँचपोखरी पुग्न सकिन्छ । पाँच पोखरी फरक फरक पाँच कुन्डहरुको समूह हो । यही पोखरीबाट दुई खहरेहरु झरेका छन । जुन खिम्ती र लिखु भएर बग्दक्छन । खिम्ती र लिखु लाई एकै कोख्बाट जन्मिएका दिदी बहिनी पनि भन्ने प्रचलन छ ।पाँच पोखरिको उचाइबाट तल देखिने जट्टापोखरितिरको दृश्य देख्दा धर्तिको स्वर्ग छ यदि भने यो यहि नै हो भन्ने लाग्छ ।
झन त्यो प्राकृतिक सुन्दरताले जीवनका सारा दुखहरु भुलाएर त्यो स्वर्गिय आनन्दको अनुभुति भइरहँदा भगवानलाई आफ्नो मनोकाङ्छा पुरा होस भनि पुकार्दै गरेका श्रदालुहरुको गतिविधिहरुले त्यहाँको प्राकृतिक सम्पदालाई सजाइरहेझैँ देखिन्छ । यात्राको तेस्रो दिन गन्तव्य स्थलसम्म पुगेर हामिले पनि पुजाआजा गर्ने गर्दछन र त्यो स्वर्गिय आनन्दलाई विदाइको हात हल्लाउँदै पुन यात्रा सुरुवात स्थलमा फर्किने तामझाम गछन ।देवकार्यका लागि प्रयोगहुने विभिन्न धुप तथा जडिबुटि जस्तै सुनपाती, बिगमार पोङ्मार, धुपी संकलन गर्दै फर्किन्छन । हामीले यो यात्रापछि सबै कष्ट भुल्न सके पनि त्यो ठाडो उकालोहरुमा पिउने पानी नभेट्नु र पानी भएका गोठहरुले पानी लुकाएको क्षण सम्झिदा अझै प्यासी नै छु भन्ने अनुभुती गराउछ । पबित्र तिर्थस्थल वरपर देखिने फोहोर र पोखरी छेउमै बाँस बस्ने प्रचलनले मनमा अर्कै नमिठास पैदा गर्छ ।
जीवित प्राणीका लागि एक अपरिहार्य र जीवन निर्वाहको एउटा मूख्य आधार हो यात्रा । यो यात्राले हामिलाई भौतिक पिडा त दिन्छहोला तर मनको सन्तुष्टि र जीवनको शुख अनुभुत पनि गराइदिन्छ ।जीवनले यात्राको आवश्यकता महशुस गर्नु र त्यही यात्राले जीवनलाई पूर्णता दिनुले हरेक जिवित प्राणिको सृष्टिसँगै यात्रा सुरु हुन्छ र जीवनको अन्त्यसँगै यात्राको विलिन हुने गर्दछ । यात्रा सिकाईको मूख्य आधार हो कुनै ठाउँको बारेमा जान्न र बुझ्न यात्रा गर्नु । प्राकृतिक स्रोत र सम्पदाको परिचालन गरेर मात्रै आफ्नो देश विकासको खर्च जुटाउन सक्ने हाम्रो देशले आगामि दिनमा त्यस्ता ठाउँहरुलाई धार्मिक तिर्थस्थल र पर्यटकीय हबको रुपमा आन्तरिक मात्रै नभएर वाह्य पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न सकोस भन्ने अपेक्षा गरेका छौँ ।
Panchpokhari, Dolakha,Nepal (Travel Documentary) | जट्टापोखरी / पाँचपोखरी (दोलखा) डकुमेन्ट्री
Add Comment