Uncategorized

जनैपूर्णिमाको मेलामा हजारौंको भिड, संक्रमणको जोखिमप्रति बेवास्ता

सरकारले कोरोना संक्रमणको जोखिम रहने भन्दै विभिन्न मेला, चाडपर्व तथा उत्सवहरुमा भेला नहुन अनुरोध गरेको भएतापनि विगतका वर्षहरुकै हाराहारीमा दोलखा र रामेछापका विभिन्न धार्मिक तिर्थस्थलहरुमा जनैपूर्णिमाका अवसरमा हजारौ तिर्थयात्रीहरु मेला भर्न जम्मा भएका छन् ।

कोरोनाले गर्दा अधिकाँस मानिसहरु अहिले गाँउघरमा नै रहेका  साथै अफिस तथा संघसस्थाहरु पनि नखुलेका कारण प्राय सवै फुुर्सदिला छन् । ठाँउ पनि हेरिने दर्शन पनि गरिने भन्ने मनसायले जोखिमका बावजुत पनि मानिसहरु जम्मा भएका हुन ।

दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलाको उद्गम स्थल पाँचपोखरी र जटापोखरीमा यो वर्ष करिव ५ हजार तिर्थयात्रीहरुले मेला भरेका छन् । जवकी विगतको तुलनामा यो करिव दोब्बर हो । समुन्द्री सतहबाट करिव ४६०० मिटर उचाईमा रहेको पाँचपोखरी र करिव ४२५० मिटर उचाईमा रहेको जटापोखरीको दर्शण गर्न दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक, काभ्रपलान्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर लगायतका स्थानहरुबाट हप्तौ दिन लगाएर मानिसहरु आएका हुन । धेरै मानिसहरु धर्मकर्म कै लागि आएका भएतापनि केहि घुमफिर गर्न समेत मेलामा आएका हुन । हिन्दु र वौद्ध धर्मालम्वीहरुको शाझा तिर्थस्लको रुपमा रहेका जटापोखरी र पाँचपोखरीको दर्शण गर्नाले चाहेको सन्तान प्राप्त हुने, रोग व्याधी नलाग्ने, परिवारमा सुख शान्ती रहने तथा बालिनाली एवं पशु चौपायामा फलिफाप हुने धार्मिक विश्वास रहेको छ ।

त्यसैगरी आज नै जिरी नगरपालिका ३ अवस्थित हलेशी महादेव मन्दिर परिसरमा पनि भव्य मेला लागेको छ । करिव हजार भन्दा वढिले हलेसी दर्शन गरेका छन् । किनै कोचाकोचका साधन सामान्य दुरी समेत कायम नगरी दर्शनका लागि भक्तजनहरु तछाँडमछाँड गरिरहेका देखिन्थे ।
घना जंगलभित्र रहेको करिव २०÷२५ मिटर लामो गुफा भित्र हलेशी महादेवको शिला रहेको छ । जिरीको हलेशी महादेवलाई खोटाङ हलेशीको सानो रुप भनेर समेत चिनिन्छ । गुफाभित्र दर्शण गरेपछि डाँडामा रहेको खुला चौरमा मेला व्यवस्थापन गरिएको छ ।

त्यैगरी दोलखा कै कालिन्चोक मन्दिर, भिमेश्वर मन्दिर एवं रामेछापको शिद्धेश्वर मन्दिर लगायतका स्थानहरुमा पनि भव्य मेला लागेको छ ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment