Featured

Featured देश / राष्ट्रिय विज्ञान-प्रबिधि समाचार

मोवाइल नेटवर्कमा समस्या हुँदा सर्वसाधारण समस्या झेल्दै, समस्या समाधान गर्न टेलिकमले ठोस पहल नै गर्दैन

चन्द्र खड्का/च्योर्दोङ

जिरी ३० साउन ।  लामो समय देखि नेपाल टेलिकमको नमस्ते मोबाइल सेवामा समस्या हँदा दोलखाको जिरी नगरपालिको ३ वटा वडा र रामेछापको गोकुलगंगा गाउँपालिकाको २ वटा वडाका सर्वसाधारणहरुले समसया झेल्दै आएका छन् । जिरी नगरपालिकाको वडा नं. १ देखि ३ सम्म र गोकुलगंगा गाउँपालिकाको १ र २ नम्बर वडाका नागरिकहरुले नमस्ते मोबाइल सेवामा समस्या झेल्दै आएका हुन् ।

एक महिना देखि नमस्ते मोवाइलको टावरमा समस्या देखिएको छ । रातको समयमा नेटवर्कमा समस्या नदेखिए पनि दिनमा भने प्रत्येक दिन नेटवर्क जाने समस्या छ । यता नेपाल टेलिकम दोलखा शाखाले समस्या बारे जानकारी पाए पनि समस्या समाधानको लागि ठोस पहल नगरीदिंदा सर्वसाधारणहरु हातमा मोवाइल फोन भएर पनि दिनमा प्रयोग गर्नबाट बञ्चित बनेका हुन् ।

नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीका अनुसार जिरी नगरपालिका स्थित बुलडाँडामा रहेको मोबाइल टावरको व्याकपमा समस्या आएको हो । तर समस्या पत्ता लागे पनि लामो समय देखि समाधान हुन सकेको छैन । समस्या समाधानका लागि राजधानीबाट नै प्राविधिक झिकाउनु पर्ने र अहिले कोरोनाको महामारीका कारण प्राविधिक ल्याउन नसक्दा समस्या समाधान गर्न नसकेको गिरीको भनाई छ ।

विद्युत आपूर्ति बन्दा हुन साथ नेटवर्कमा समस्या देखिने नेपाल टेलिकम दोलखाले बताको छ । तर विद्युत आपूर्ति बन्द नहुँदा समेत मोवाइल सेवा बन्दहुने गरेको स्थानीयहरुले बताउँदै आएका छन् ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment