गौरीशंकर संरक्षण क्षत्र आयोजनाले विश्व पर्यटन दिवसको अवसरमा १० होमस्टे संचालनको लागि होमस्टे सामाग्री वितरण ।
हरेक वर्ष को सेप्टेम्बर २७ तारिखमा मनाउने गरेको विश्व पर्यटन दिवसको अवसरमा गौरीशंकर संरक्षण क्षेत्रले आज २०७७ असोज ११ गते विगु ४, सिङ्गटी स्थित प्रधान कार्यालयमा होमस्टे (घरबास) सामाग्री वितरण गरि विश्व पर्यटन दिवश मनायको छ । आयोजना प्रमुखको अध्यक्षतामा गरियको कार्यक्रममा प्रमुख अतिथी कालिन्चोक गा.पा.को उपप्रमुख कालिका पाठक हुनुहुन्थ्यो भने, विशेष अतिथिमा संरक्षण वन उपभोक्ता संजाल, दोलखाको अध्यक्ष रामचन्द्र खड्का हुनुहुन्थ्यो। कार्यक्रममा नयाँ १० वटा होमस्टे संचालक विगु १, लामाबगर र गोंगरडाडा गरी १० जना स्थानियको उपस्थिती रहेको थियो ।
नेपालको साथै गौरीशंकर संरक्षण क्षेत्र भित्र विश्व जगतमा फैलिएको कोरोना महामारी को अन्त्य सँगै पर्यटन बढ्ने संभावना रहेको र विगु गा.पा. १ लामाबगर माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको ड्यामसाईड, लप्चि, रोल्वालिङ्ग जाने मार्गको शुरुवात स्थान भएकोले भविष्यमा लामाबगरमा विशेष गरि जल पर्यटन बढ्ने संभावना र श्रोत साधन पनि रहेकोले त्यस्को लागि पर्यटन पुर्वाधार विकास गर्नको लागि सो क्षेत्रमा बास बस्नको लागि होमस्टे तयारी गर्न होमस्टे सामाग्री वितरण गरियको आयोजना प्रमुख सत्य नारायण शाहले बताउनु भयो ।
यस कार्यक्रममा विगु १ लामाबगर र गोंगरडाँडा सहित १० नयाँ स्थानियहरुको लागि प्रति घर ने.रु. २०,०००। बराबरको होमस्टे सामाग्री वितरण गरिएको थियो । प्रति घर १ कोठालाई २ वटा बेडको लागि आवश्यक पर्ने शिरक, डस्ना, तकिया, शिरानी २/२ थान, चप्पल, डोर म्याट, डस्टविन, तौलिया, ह्याङ्गर, ऐना, रजिष्टर, एसट्रे, होम स्टे बोर्ड १/१ थान र कार्पेट ६ मिटर वितरण गरियको पर्यटन सहायक याङटि शेर्पाले बताउनु भयो ।
गौरीशंकर संरक्षण आयोजनाद्वारा विश्व पर्यटन दिवसको अवसरमा होमस्टे सामाग्री वितरण

Add Comment