Featured अर्थ / बिजनेस देश / राष्ट्रिय विज्ञान-प्रबिधि समाचार

जिरीका युवाद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

भदौ २१ । काठमाण्डौ

दोलखा जिरीका युवा समाजसेवी एवं पानासिया एजुकेसन फाउन्डेसनका अध्यक्ष लिलाराम खड्काले राष्ट्रिय आविष्कार केन्द्रलाई  ३४ हजार बराबरको खाद्यन्न सहयोग गरेका छन् ।

महाविर पुनको नेतृत्वमा काठमाण्डौ किर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा नै विभिन्न बैज्ञानिक उपकरण तथा प्रविधिहरुको आविष्कार गर्नुको साथै सामाजिक कार्यमा समेत योगदान गर्दै आएको छ ।

पुनले अहिलेसम्म यस्तै सहयोगी मनहरुको दानको आधारमा केन्द्र चलिरहेको बताउँदै सहयोगी खड्का प्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा धन्यबाद दिँदै प्राप्त खाद्यान्नले आविष्कार केन्द्रमा रहेका २०÷२५ जना युवा स्वमंसेवक बैज्ञानिकहरुलाई १ महिनाको लागि पुग्ने बताएका छन् । आफुहरुले कसैलाई सहयोगको लागि हात नफैलाएको तर कोहि आफै केन्द्रमा आएर दान दिन्छन् भने सहर्ष स्वीकार्ने उनले लेखेका छन् ।

आविष्कार केन्द्रले हाल कोभिड रोकथामका लागि मास्क, स्यानिटाईजर, पिपिई, लगायत १० प्रकारका स्वास्थ्य सामाग्री एवं उपकरण बनाएर निशुल्क वितरण गरिसकेको छ । पछिल्लो पटक केन्द्रले गंगालाल हृदय उपचार केन्द्रको विग्रिएर थन्किएको ८ ओटा भेन्टिलेटरको मर्मत गरिदिएको थियो भने स्वास्थ्यकर्मीहरुको अनुरोधमा विभिन्न मेडिकल उपकरणहरु बनाउँदै आएको छ ।

यस्तै पानासिया एजुकेसन फाउन्डेसनका अध्यक्ष खड्काले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । आगामी दिनहरुमा पनि केन्द्रलाई सकेको सहयोग गरिरहने उनले प्रतिवद्धता जनाएका छन् । कोरोना भाईरसका संक्रमणका विच बन्द रहेको फाउन्डेसनले केन्द्रलाई सहयोग गरेको हो । फाउन्डेसनले यस अघि पनि विभिन्न सामाजिक कार्यहरु गरिसकेको छ । हरेक वर्ष पशुपतिको वृद्धाश्रममा रहेका वुढावुढीलाई खाद्यान्न, लत्ताकपडा लगायत पंखा, वासिङ मेसिन वितरण गर्दै आएको छ भने चोक, बजार सरसफाई कार्यक्रम समेत संचालन गरिरहेको छ ।

फाउन्डेसन अध्यक्ष खड्का स्वयं सामाजिक अभियान्ता र पर्यटनकर्मी समेत हुन । पर्यटन विकासका लागि उनले दोलखा अझ विषेश गरि जन्मथलो जिरीमा थुप्रा कार्यक्रमहरु संचालन गरिसकेका छन् । भिजिट नेपाल २०२० को अवसरमा “जाँउ है दोलखा” अभियान संचालन गरि दोलखामा पर्यटन प्रर्वधन गर्ने उदेश्यका साथ अगाडि बढेका खड्काको योजना विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमणले गर्दा भ्रमण वर्ष स्थगित भएसंगै रोकियो । यद्यपी स्थिति सहज भएसंगै उक्त अधुरो कार्यलाई अगाडि वढाउने उनको सोच रहेको छ ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured