दोलखा, ३ असोज । संबिधान दिवसको अबसरमा नेपाल सरकारले दोलखा पत्रकार तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्केलाई प्रबल जनसेवा श्री चतुर्थ बाट बिभुषित गरेको छ ।
दोलखाका पत्रकार मास्के तीन दशकदेखी पत्रकारितामा क्रियासिल रहदै आएका छन । नेपाल पत्रकार महासंघ दोलखाका संस्थापक समेत रहेका मास्के छापा, रेडियो र विद्युतिय माध्यममा पत्रकारितामा आवद्ध पत्रकार हुन । नागरिक समाज दोलखाका संयोजक समेत रहेका मास्के साहित्यिक लेखनमा पनि सक्रिय छन ।
Add Comment