Featured

Featured खेल कुद प्रवास / अन्तर्राष्ट्रिय समाचार

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्व टिम जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स आज भिड्दै

काठमाडौ, १८ भदौ । क्यारेबियन प्रीमियर लिग(सिपिएल) अन्तर्गत आज नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्व टिम जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स खेल्दैछन । जमैका र सेन्ट किट्सबिचको खेल राति ७:४५ मा सुरु हुनेछ।

७ खेलमा ३ जित र ४ हारसहित अंकतालिकाको चौथो स्थानमा रहेको जमैका र ८ खेलमा १ जित र ७ हार बेहोरेको सेन्ट किट्स खेल्न लागेका हुन् । जमैकाले आजको खेल जित्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

ट्रिन्बेगो नाइट राइडर्स, गुयना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्स सेमिफाइनल प्रबेश गरिसकेको अवस्थामा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स प्रतियोगिताबाट बाहिरिसकेको छ।

यस्तो अवस्थामा सेमिफाइनल २ टिममध्ये एक टिम मात्र पुग्न सक्छ । जमैका र बार्बाडोसमध्ये एक टिम सेमिफाइनल पुग्ने छन । जमैकाको लिगमा तीन खेल बाकी छ भने बार्बाडोसको २ खेल मात्र बाकी छ ।

अंकतालिकामा जमैका बार्बाडोसभन्दा २ अंकले अगाडि छ।यस्तो अवस्थामा जमैकाले ३ जित निकाल्ने र बार्बाडोसले २ जित निकाल्ने भएपनी जमैका सेमिफाइनल पुग्छ । यस्तै तीन खेलमध्ये जमैकाले २ खेल जित्ने र बार्बाडोसले पनि २ खेल जित्ने भएमा पनि जमैका सेमिफाइनल पुग्छ ।

त्यसैगरी जमैकाले लिगमा २खेलमा हार र एकमा जित तथा बार्बाडोसले २ खेलमा जित निकालेमा रन रेटको आधारमा एक टिम सेमिफाइनल पुग्नेछ । यदि बार्बाडोसले अबका सबै खेल जित्ने र जमैकाले सबै खेल हार्ने भएमा बार्बाडोस सेमिफाइनल पुग्नेछ।

जमैकाका फर्ममा रहेका खेलाडी:
जमैकाका ओपनर ग्लेन फ्लिप्स राम्रै फर्ममा छन् । उनले लिगमा २ अर्धशतकसहित २४८ रन रन बनाएका छन् । त्यस्तै बिस्फोटक ब्याट्सम्यान आन्द्रे रसेलले सुरुवाती खेलमा खराब प्रदर्शन गरेपनि पछिल्ला खेलहरुमा आक्रामक ब्याटिङ गर्दै आइरहेका छन । त्यसैगरी जमैकाका २ स्पिनर सन्दिप लामिछाने र मुजिव उर रहमान पनि राम्रै फर्ममा छन । सन्दिपले ७ खेलमा ४.८५ को इकोनोमीमा रन दिदै १० विकेट लिएका छन् । त्यसैगरी मुजिबले ४.२५ को इकोनोमीमा रन दिदै १३ विकेट लिएका छन ।

एजेन्सी रिपोर्ट 

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment