Featured

Featured पर्या पर्यटन

यौगी होमस्टे पर्यटकको नयाँ गन्तव्य, कोभिड पछि जिरीमा पर्यटनको अर्को विकल्प

नबिन सुनुवार /च्योर्दोङ
जिरी, ९ असोज । दोलखाको प्रसिद्ध पर्यटकीय स्थल जिरी क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई लक्षित गरी वडा नम्बर ८ बजेनीमा अर्गानिक यौगि होम स्टे सञ्चालन गरिएको छ ।

लगभग ३५ घरधुरि रहेको यौगि बस्तिमा स्थानीय उत्पादनका साथै स्थानीय कला र संस्कृतिलाई बचाई राख्न र थप पर्यटकहरू आकर्षित गराउनका लागि होम स्टे सन्चालन गरिएको हो ।

होमस्टे सेवा सुरु गरेपछि गाउँमा आउने पर्यटकहरूको संख्या बढ्न सक्ने र अझ स्थानीयमा समेत उत्साह मिल्ने छ ।
जिरी बजारबाट ६ किलोमिटर कच्ची सडक वा १ घन्टा हिँडेपछि बजेनीको अर्गानिक यौगि होम स्टेमा पुग्न सकिन्छ ।

बाह्य पर्यटक र आन्तरिक पर्यटकहरु घुम्न आउने पाहुनाहरूलाई उचित वास, गाँस र कपासको व्यवस्थापन गर्नकै लागि आफुले होम स्टे सञ्चालनमा ल्याइएको होम स्टे सन्चालक कुमार नाथ यौगिले बताए ।

पाहुनाहरूका लागि स्थानीय स्तरमा उत्पादन हुने अर्गानिक खाना लोकल कुखुरा, कोदो मकैका परिकार, मह, घ्यू , दुधरोटी, खिर, सिस्नु,मोहि, दही लगायतले स्वागत सत्कार गर्ने गरेको उनको भनाई छ ।

होमस्टेमा अहिले एकपटकमा ६० जनालाई बस्न सक्ने गरी व्यवस्थापन गरिएको र आगामी दिनमा अन्य घरहरूमा समेत विस्तार गर्ने योजना रहेको सञ्चालक यौगिले जानकारी दिए । होम स्टे सम्म जान र आउनको लागि सवारी साधनको पनि ब्यबस्थापन गरिएको छ भने, इच्छुक पाहुनाहरुलाई घोडा मार्फत पनि सुबिधा दिईने गरेको छ । अर्डर अनुसारको सम्पुर्ण अर्गानिक परिकार बनाईने होम स्टेको अहिले निकै प्रभाबकारी बन्दै गएको छ ।

पछिल्लो समयमा वडास्तरमा हुने गोष्ठी, सेमिनार र अन्तरक्रिया कार्यक्रमहरू समेत पर्यटकीय गाउँ बजेनीमा आयोजना गर्न सकिने छ । अग्ला हिमाली डाँडाहरू, हनुमन्ते डाडा, चेर्दुङ डाडा, ताबे डाडा मनोरम ग्रामीण परिवेश, गौरीशंकर हिमाल, नुम्बुर हिमाल सहजै अवलोकन गर्न सकिने बजेनीको रमाइलो बस्तीसगै न्यानो आतिथ्यताका कारण अर्गानिक यौगि होम स्टेमा आउने पाहुनाहरूको संख्यामा वृद्धि हुन थालेको छ ।कोभिड- १९ का कारण ठप्प भएको जिरीको पर्यटन ब्यवसाय अब नयाँ शैलीमा संचालन र प्रबर्द्धन गर्नु पर्छ भन्ने उदाहरण यो होमस्टेले अनुभुत गरेको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment