Featured Uncategorized देश / राष्ट्रिय मुख्य समाचार राजनीति समाचार

वडा कार्यालयको सेवा ठप्प, स्थानीयले नगरपालिकमा ज्ञापनपत्र बुझाए

असोज – ५ गते । जिरी, दोलखा ।
नबिन सुनुवार । च्योर्दोङ

वडा कार्यालयबाट सेवाग्राहीलाई दिइने सेवा सुबिधा ठप्प भएपछी तत्काल वडा बासिको सक्रियतामा हिजो वडा भेला सम्पन्न गरि आज नगरपालिका र नगरपार्टी कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा गत सातादेखी कार्यालयको सबै काम ठप्प भएपछि स्थानीयहरु आक्रोसित भएका थिए ।

वडा अध्यक्ष तेज ब. खड्काले सदस्य सुन्दर खत्रीलाई मौखिक रुपमा कार्यभार जिम्मा लगाएर जिल्ला बाहिर गएपछि सदस्य खत्री पनि तत्काल काठमान्डौ गएका थिए । त्यस पछि वडामा हुने सबै काम जनप्रतिनिधिको हस्ताक्षर गर्ने कार्याबाहक लिएर बसेको कोहि नभएपछि सेवाग्राहीहरु थप मर्कामा परेका हुन।

एक हप्ता बितिसक्दा पनि वडामा ठप्प भएको हरेक कार्यहरु सुचारु नभएपछी तत्काल वडाका सम्पुर्ण स्थानीयहरुको उपस्थितिमा हिजो वडा भेला सम्पन्न गरिएको थियो । हिजो सम्पन्न भेलाले वडा कार्यालयमा जनप्रतिनिधिको अनुपस्थित सम्बन्धमा, वडा कार्यालयमा वडा सचिब अनुपस्थितको कारण रोकिएको कामको सम्बन्धमा, वडा कार्यालयमा कार्याबाहक जनप्रतिनिधिको समयअबधी सम्बन्धमा, प्रस्ताबित वडा कार्यालय भबनको गठित कार्य समितिको बैधानिकता सम्बन्धमा, आ.ब ०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा, आ.ब ०७६/०७७ को बिकास निर्माणको बजेट कार्यक्रम सम्बन्धमा, वडाको सूचना प्रवाह सम्बन्धमा, जनप्रतिनिधि बिच आपसमा समन्वय सम्बन्धमा, साथै टोल बिकास समितिको बैधानिकता सम्बन्धमा प्रस्तावहरु सहित नगरपालिका र नेकपा नगर पार्टी कार्यालय जिरीमा आज ज्ञापनपत्र पेस गरेको छ।

सम्बन्धित निकायले यो विषयमा तत्काल छलफल गरि समस्याको समाधान नगरे आफु हरु वडा कार्यालय तालाबन्दी सहित पर्दशनमा निस्किने स्थानियबासिले बताएका छन ।

 

 

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured