Featured

Featured देश / राष्ट्रिय समाचार स्वास्थ्य

दोलखाका आङपासाङ शेर्पा बचाउ अभियानको थालनी, तत्काल मृगौला प्रत्यारोपन गर्नुपर्ने

काठमाडौं, २९ असोज । दोलखा गौरिशंकर गाउँपालिका वडा नं. ४ का मृगौला रोगी आङपासाङ शेर्पा बचाउ अभियानको थालनी भएको छ । विगत ४ वर्षदेखि मृगौलामा समस्या देखिएका शेर्पा पूर्व शिक्षक हून । चार वर्षदेखि निरन्तर डायगोलाइसिस र औषधी सेवन गर्दै आएका शेर्पाको पछिल्लो समयमा स्वास्थ्य अवस्था गम्भिर हुँदै आएको छ ।

काठमाडौं स्थित अस्पतालमा उपचाररत शेर्पाको बचाउ अभियान संचालन गर्न एक कार्यक्रम बिच नौ सदस्यिय समिति गठन भएको छ । दोलखा निवासी समाजसेवी तथा सामाजिक अभियान्ता नोर्साङ शेर्पाले आफूहरु यो अभियान मार्फत सक्रिय भई यथासिघ्र बिरामी शेर्पाको स्वास्थ्य उपचारको बन्दोबस्त मिलाउन दत्तचित्त भई लागिपर्ने बताए । अर्का सामाजिक अभियान्ता आङनिमा शेर्पाले पनि यसप्रकारको मानवधर्मको कार्यमा सहयोगी मनहरुबाट चाँडै आवश्यकताअनुसार सहयोग संकलन गरि उपचार सफल हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा उपस्थित भएका आफन्त तथा शुभचिन्तकहरुबाट संकलित रकम “आङपासाङ शेर्पा बचाउ अभियान”का संयोजक निमागेली शेर्पालाई हस्तान्तरण गरेको छ ।

डायगोलाइसिस र औषधी सेवन मात्रैले रोग निर्मूल हुन नसक्ने भन्दै उपचारार्थ चिकित्सकले मृगौला प्रत्यारोपन नै अब अन्तिम विकल्प भएको बताएपछि अभियानको थालनी गर्नुपरेको शेर्पाका परिवारले जनाएको छ । मृगौला प्रत्यारेपनको लागि शेर्पाका छोरीले आफ्नो मृगौला दान गर्न लागेको हो । तर प्रत्यारोपनको अस्पताल खर्च मात्रै पनि निकै महंगो हुने अस्पताल स्रोतले जनाएको छ ।

विगतदेखि निरन्तर उपचार गर्दा आफ्नो परिवारको आर्थिक स्थिति सुन्य जस्तै बन्न पुगेको र आगामी उपचारको लागि आर्थिक स्रोतको जोहो गर्न नसके थप उपचार गर्न नसकिने अवस्थामा रहेको शेर्पाले बताए । सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसात गरेर यो अभियानमा सहभागी भई सहयोग गरिदिनुहुन उनले सबैलाई अपिल गरेका छन् ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment