Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

साथमा मोबाईल छ तर माेबाइलमा नेटवर्क नै छैन

चन्द्र खड्का

जिरी,२९ असाेज । नेपाल टेलिकम दोलखा शाखाले बेवास्ता गर्द जिरीका अधिकांश सर्वसाधारणहरु लामो समय देखि मोबाइल बोकेर पनि फोन गर्नबाट वञ्चित बनेका छन् । मोवाईल नेटवर्कमा समस्या देखिएको लामो समय विति सक्दा समेत नेपाल टेलिकम दोलखा शाखाले समस्या समाधानका लागि खास पहल गरेको छैन ।

जिरी नगरपालिका वडा नं. १, २ र ३ मा विगत ६ महिना देखि नमस्ते मोबाइल सेवामा समस्या छ ।  वैशाख महिना देखि नै िवषेशगरी नमस्ते मोबाइल सेवामा समस्या देखिएको हो । नगरपालिकाको ३ वटा वडामा नमस्ते मोबाइलको नेटवर्क विहान ७ देखि ८ बजेसम्म रहने र त्यस पछि बेलुकी ४ बजे पछि मात्र मोबाइलको नेटवर्क आउने गरेको छ । लामो समयसम्म पनि समस्या नसुल्झे पछि सर्वसाधारणहरुले इमेल मार्फत नेपाल टेलिकम दोलखा शाखामा निवेदन पठाएका छन् । जिरी नगरपालिका वडा नं. ३ को वडा कार्यालय, हलेश्वर आधारभूत विद्यालय माली, जनसहयोगी बचत तथा ऋण सहकारी संस्था लि. माली र सर्वसाधारणहरुले छुट्टा छुट्टै निवेदन इमेल मार्फत नेपाल टेलिकम दोलखा शाखामा पठाएका हुन् ।

नमस्ते मोबाइलको सेवा बन्दा हुँदा सर्वसाधारणहरु महँगो शुल्कको एनसिएल मोबाइल प्रयोग गर्न बाध्य छन् । उता रामेछापको गोकुलगंगा गाउँपालिकाको वडा नं. १ र २ मा पनि सोही समस्याका कारण नमस्ते मोबाइल सेवाबाट आर्जित बनि सकेका छन् तर सेवा प्रदायक नेपाल टेलिकम जिल्ला शाखाहरुले समस्या सुझाउने कुनै छाँटकाँट देखाएका छैनन् ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment