Featured

अर्थ / बिजनेस देश / राष्ट्रिय समाचार

आकाशदिप बचत तथा ऋण सहकारी सस्थाको २७ औ वार्सिक साधारण सभा आजबाट सुरु

नबिन सुनुवार
जिरी २५ , कार्तिक । आकाशदिप बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २७ औ वार्सिक साधारण सभा आजबाट सुरु भएको छ ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ हाटडाडामा रहेको आकाशदिप बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २७ औं बार्सिक साधारण सभा भब्य र सभ्य रुपमा सन्चालन गर्नु पर्नेमा कोभिड १९  को कारणले गर्दा व्यापक गर्न नपाइएको र साधारण सभा सन्चालन सम्बन्धी कार्यबिधी २०७७ बनाई टोलगत रुपमा सस्थाले तयार पारेको प्रतिबेदनहरु प्रस्तुत तथा पारित गर्नु पर्ने भएकोले सोही अनुसार क्षेत्रिय साधारण सभा सम्पन्न गर्न लागिएको सस्थाका अध्यक्ष मरिज बहादुर खड्काले जानकारी दिनुभयो ।

आजबाट सुरु भएको साधारण सभा २७ गते सकिने छ । आज जिरी नगरपालिका वडा नम्बर ८ धनमाले र वडा नम्बर ९ को चिपचिपेमा सम्पन्न भएको छ । भोलि वडा नम्बर ७ को छहारे र सुन्टयाकमा हुने र कार्तिक २७ गते जिरी माबिमा सम्पन्न गरिने भएको हो ।

साधारण सभामा उपस्थित हुँदा सबैले सेनिटाइजर, माक्सको अनिवार्य प्रयोग र लाईन बस्दा सामाजिक दुरि कायम गरि बस्नु पर्ने प्राबधान छ ।
साधारण सभामा सहभागी सदस्यहरुको लागि खाजा खर्च बापत रु ५०० र बाल सदस्यको लागि रु २०० रुपैया प्रदान गरिएको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment