Featured

Featured देश / राष्ट्रिय समाचार

उर्नेलिको एक घरमा आगलागी, ५० लाख बराबरको क्षेती

नबिन सुनुवार /च्योर्दोङ
जिरी, ३० कार्तिक । दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ उर्नेलिको एक घरमा आगलागी भएको छ ।
स्थानीय टेक बहादुर कार्कीको घरमा हिजो बेलुकी ८ बजे तिर लाइन सर्ट हुदा आगलागी भएको हो ।
“हामी परिवार सबै खान खाई रहेको बेला एक्कासि घरमा धुवा आयो हेर्दा घरमा पुरै आगलागी हुनथाल्यो घर धनी टेक बहादुर कार्किले बताए ।”
बेलुकी ८ बजे देखि सुरु भएको आगलागी सम्पुर्ण स्थानीयको सहयोगमा झन्डै ४ घन्टा पछि नियन्त्रणमा लिइएको थियो । आगलागी हुनुको मुख्य कारण बिजुलीको तारमा लाइन सर्ट भै उक्त घटना घटेको स्थानीयहरुको भनाई छ ।
आगलागीबाट करिब ५० लाखको क्षेती भएको टेक बहादुर कार्कीले बताए । तर सबै खाना खाने समयमा परेकोले कुनै मानवीय क्षेती नभएको घटनाका प्रत्यक्ष दर्शिहरु बताउछन् ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment