Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार स्वास्थ्य

कोरोना संक्रमणमुक्त नगर घोषणा गरेको जिरी नगरपालिकामा संक्रमित फेला पर्न थालेका छन

जिरी, २३ कार्तिक । दोलखाको जिरी नगरपालमितमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कात्तिक २१ गते जिरी अस्पतालबाट ४ जनाको स्वाब नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पठाइएकोमा ३ जनाको रिपोर्ट नेगेटिभ देखिएको र १ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ कार्यालय दोलखाले जनाएको छ ।

जिरी नगरपालिका वडा नं. ५ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । केहि दिनअघि स्वासप्रश्वासमा समस्या देखिएका उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको जिरी अस्पताल स्रोतले जनाएको छ ।

केही समय अघि संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक पुरुष र एक महिलाको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment