Featured Uncategorized देश / राष्ट्रिय फोटो फिचर मुख्य समाचार समाचार स्वास्थ्य

जिरीमा नेकपा जिल्ला कमिटी सदस्य नेपाली र खत्री द्वारा ६ बिद्यालयमा माक्स र सेनिटाईजर बितरण ।

नबिन सुनुवार । मंसिर – १४ गते । जिरी , दोलखा ।

दोलखाको पर्यटकीय क्षेत्र जिरीमा नेकपा जिल्ला कमिटीका सदस्य शान्त नेपाली र नेकपा वडा नम्बर ८ का वडा कमिटिका सदस्य राम खत्रीले आज ६ वटा बिद्यालयहरुमा माक्स र सेनिटाईजर बितरण गरेका छन ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोभीड – १९ कोरोना भाईरस नियन्त्रणको लागी जिरी नगरपालिकाका विभिन्न वडामा रहेका बिद्यालयहरुमा बिद्यालय सन्चालन भए सगै संक्रमण बढ्न सक्ने भन्दै आफुले सक्ने सहयोग गरेको उहाँहरुको भनाइ छ ।

नेपाली र खत्रीले जिरी नगरपालिकाको वडा नम्बर ६ बुलडाडाको सहिद स्मृति आवासीय  माध्यमिक बिद्यालय, वडा नम्बर ४ रातमाटे स्थित जिरीश्वरी आधारभूत बिद्यालय, वडा नम्बर ७ हिलेको देउराली आधारभुत बिद्यालय, माथिल्लो सिक्री आधारभुत बिद्यालय, वडा नम्बर ८ धनमालेको धनमाले आधारभुत बिद्यालय, र वडा नम्बर ७ तल्लो सिक्रीको बज्युस्थान आधारभुत बिद्यालय गरि जम्मा ६ वटा बिद्यालयमा इअर फिल्टर फो प्ले माक्स ६ सय पिस, बाल्टी ६ पिस, सेनिटाईजर ८ लिटर र हान्ड वासिङ १० लिटर बितरण गरिएको नेकपा जिल्ला कमिटीका सदस्य शान्त नेपालीले बताउनुभयो ।
जिरी नगरपालिकाले यस्तो महामारीमा पनि प्रत्येक बिद्यालयहरुमा कुनै त्यस्तो साबधानिक नअपनाएकोले हामी आफ्नै लगानीमा हामिले सक्ने सहयोग गरेका हौ । यो कुनै संघसस्थाले दिएको हैन वडा कमिटीका सदस्य राम खत्रीले भन्नुभयो ।

यो एउटा सुरुवात मात्रै हो । हाम्रो लक्ष्य ठूलो छ हामी चाडै फेरि अर्को सहयोग गर्छौ । जस्को लागि सबैको साथ चाहिन्छ उहाँहरु भन्नुहुन्छ ।

अहिले छुटेका प्रत्येक वडाहरुमा चाडै माक्स सेनिटाइजर बितरण गरिने भएको छ ।

बिद्यार्थीहरुको लागि अनिवार्य माक्स सेनिटाइजर र दुरि कायमको लागि उक्त सामग्री बितरण गरिएको हो । उक्त सामाग्री बितरणसगै ६ ओटै बिद्यालयका, शिक्षक, बिद्यार्थी र अभिभावकहरुमा थप खुशी मिलेको छ ।

“दिनेको हात जहिले पनि माथी हुन्छ फेरि पनि हामिले हजुरहरुबाट ठूलो आसा लिएका छौ” धनमाले आधारभुत बिद्यालयका बि.ब्य.स का अध्यक्ष रमेश सुनुवारले भताउनुभयो ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured