दोलखा, ९ मंसिर । देशकै प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।
यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गतबर्ष करिब सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाईरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ ।
गत चैत ११ गतेदेखि लकडाउन गरेर ११५ दिनपछि केही महिना अघि नियमित पुजाको लागि खोलिएको मन्दिरमा एकहप्ता पछि पुन बन्द गरिए यता हालसम्म पनि सर्वसाधारणको लागि मन्दिर बन्द रहँदै आएको थियो ।
मंगलबार दिउँसो १ बजेर ४३ मिनेटदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आईरहेको हो । भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १८ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।
Add Comment