Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

प्रसिद्ध राम्बोले कालिदेबी मन्दिरमा यस वर्ष मेला लगाउन रोक, सुरक्षा संयन्त्र अपनाउदै पुजापाठ गर्न दिईने

नबिन सुनुवार/च्योर्दोङ
जिरी, ५ मंसिर । दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ राम्बोले स्थित कालिदेबी मन्दिरमा यस बर्ष मेला लाग्न रोक लगाईने भएको छ ।
जिल्लामा कोरोना भाईरस बड्दै गएको र झन मन्दिरमा भीडभाड बढ्ने भएपछि संक्रमणको संख्या बढन सक्ने भएकाले यो बर्ष जात्रा लाग्न नदिने भएको हो । राम्बोले कालिदेबी भगवती माईमा हरेक वर्ष एकादशिबाट सुरु भइ पुर्णिमा हुँदै पन्चमी सम्म व्यापक मेला लाग्ने गरेको छ ।
सेती देबि, काली देबि, भुमे, रक्त सिकारीको रुपमा पूजा गरिने प्रसिद्ध राम्बोले काली देबि माईको पुजापाठ गर्ने भक्तजनहरुको लागि भन्र मन्दिर खुल्ला गरिने कालिदेबी भगवती माईका पुजारी गोरे तामाङले बताए ।

राम्बोले कालिदेबी भगवती माईका व्यवस्थापन समिति, जिरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तेज बहादुर खड्का र ईलाका प्रहरी कार्यालय जिरीको छलफलबाट पुजा खुल्ला गरिने तर मेला लाग्न नदिने निर्णय गरेको कालिदेबी मन्दिर संरक्षण समितिका सचिब निमा तामाङले बताए ।

मन्दिरको मुख्य बाहिरी गेट खुला गरिए पनि भित्री मुख्य मूलद्वार भने पुजापाठको लागि मात्रै खुल्ला गरिने भएको छ ।
कोरोना भाइसरको जोखिम रहेका कारण दर्शनार्थीले अनिवार्य माक्स, सेनिटाइजर र दुरी कायम गर्नु पर्ने छ । साथै दर्शनार्थिको लागि माक्स सेनिटाईजरको प्रयोग, साबुन पानीले हात धुने व्यवस्था गरीने कालिदेबी मन्दिरका कोष-अध्यक्ष जनक लोप्चनले बताए ।

यस बर्ष उक्त मन्दिरमा मेला लाग्न नदिने निर्णय गरीएको र कोहि कसैले मन्दिर परिसरभित्र जबर्जस्ति होटल पसल र समितिले गरेको नियमलाई उलंघन गरेको पाईएमा स्वयं आफै जावाफदेहि हुनुपर्ने र समितिको तर्फबाट सोहिअनुरुप कार्वाही गरिने मन्दिर संरक्षण समितिका अध्यक्ष धन बहादुर तामाङले बताए ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment