Featured देश / राष्ट्रिय समाचार स्वास्थ्य

भुकम्पदेखि कोभिड सम्म, स्वयंसेवामा सक्रिय स्काउट लिडर दावा

दोलखाको जिरीमा जन्मिएका स्काउट लिडर दावा शेर्पा “सेवा नै धर्म” हो भन्ने मुल मन्त्रलाई अंगाल्दै २०६१ साल देखी निरन्तर नेपाल स्काउटमा आवद्ध छन् । कलिलो उमेरमा नै स्काउटक अन्तरगतका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिमहरु सम्पन्न गरेर लिडर बनेका शेर्पा हाल काठमाण्डौ, ललितपुर, भक्तपुर र दोलखाको स्कुलहरुमा स्काउट युनिट गठन गरी स्काउटको विभिन्न तालिम दिंदै आएका छन । विषेश गरि विद्यार्थी तथा युवा वर्गलाई लक्षित गरि विपद व्यवस्थान, जिवन उपयोगी सिप, उद्वार, आत्मसुरक्षा जस्ता जनसरोकारका विषयमा तालिम दिई अफठ्यारोमा आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने तथा देश र समाजको लागि एक जिम्मेवार नागरिक तयार गर्ने उनको लक्ष्य रहेको छ ।

नेपाल स्काउटमा आवद्ध भएदेखि नै शेर्पाले स्काउटको जिम्मेवारीका अलवा विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएका छन् । २०७२ सालको विनासकारी भुकम्प पश्चात कोरिया जाने योजनालाई स्थगित गरि स्काउटको आफ्नै छुट्टै उद्वार टोली निर्माण गरी विभिन्न स्थानमा गई भुकम्पका कारण घाइते भएकाहरुलाई उद्वार तथा प्राथमिक उपचार गरेका थिए । साथै विभिन्न स्थानमा पिडितलाई बस्नका लागि अस्थाई टहराहरु निर्माण गर्ने, राहत सामाग्रीहरु वितरण गर्ने र जोखिम अवस्थामा रहेका जिर्ण घर तथा भवनहरु लाई व्यवस्थापन गर्ने काम समेत उनको टिमले गरेको थियो । उनकै पहलमा दोलखा जिरी स्थित बुल्डाँडामा नर्वे नागरिकको सहयोगमा भुकम्प पिडितको लागी ९०० टेन्ट, ७५० स्लिपिङ व्याग एवं एक ५०० बोरा चालम, दाल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको थियो । त्यसैगरी दोलखा कै सुनखानी, काठमाण्डौको नगरकोट र सिन्धुपाल्चोकमा ८ जना गरिव परिवारको घर निर्माण गरेका थिए ।

जहाँ समस्या पर्छ अथवा जोखिम वढ्छ दावा तुरन्त क्रियाशिल भईहाल्छन् । उनि आफ्नो टिम बनाईहाल्छन् र काममा लागिहाल्छन् । पछिल्लो समय कोरोना भाईरस (कोभिड १९) को महामारी फैलनसाथ फेरी उनि सक्रिय भएका छन् । उनले आफ्नै छुट्टै ३५ जनाको काविल एवं ईमान्दार स्काउट टोली निर्माण गरी सिपमुलक सिलाई बुनाईको तालिम सहित ठुलो परिमाणमा मास्क निर्माण गर्दै निशुल्क वितरण गरिरहेका छन् । त्यस्तै विदेशी चिकित्सक तथा आयुर्वेद टोलीको निर्देशनमा ह्याण्ड सेनिटाईजर निर्माण गरी आवश्यक स्थानमा एवं विभिन्न व्यक्तिहलाई निशुल्क उपलव्ध गराउँदै आएका छन । लकडाउन हुनु अगाडी नै देखी सुरु गरेको उनको यो प्रोजक्ट अहिले सम्म पनि निरन्तर चलिरहेको छ भने अहिले सम्म २० हजार माक्स र २००० लिटर सेनिटाईजर उत्पादन गरिसकेको छ । पछिल्लो समय उनले विभिन्न स्कुल, कलेज तथा क्लवको स्काउटलाई समेटेर अनलाईन मिडियाहरु मार्फत मास्क र सेनिटाईजर निर्माण गर्ने तरिका समेत सिकाईरहेका छन् ।

स्काउट लिडर दावा शेर्पाको अव केही टिमसंग मिली अपांगता भएका व्यक्तिहरुको सहयोगको लागी छुट्टै स्काउट टिम निर्माण गरि उनिहरुलाई सिपमुलक तथा जिवन उपयोगी तालिम दिने योजना रहेको छ जसका लागि उनले साथिभाईहरुसंग सरसल्लाह गरिरहेका छन् । उनको सामाजिक अभियानले सफलता प्राप्त गरोस । हाम्रो तर्फबाट पनि हार्दिक सुभकामना ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured