सहिद बुद्धिमान पाख्रिनको १८ औं स्मृति सभा आज एक कार्यक्रमका विच उहाँकै जन्मस्थान दोलखा जिल्ला, जिरी नगरपालिका स्थित ठुलोपातल चिपचिपेमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै उहाँका धर्मपत्नी एवं संघीय साँसद शान्ति पाख्रीनले द्वन्दकालिन समयमा भएका हत्या लगायतका जघन्य अपराधलाई अझैपनि राज्यले व्यवस्थापन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै अविलम्व छानविन र कारबाहीको माग गर्नुभएको छ । त्यस्तै उहाँले नेपाल सरकारले गठन गरेको सत्य निरुपन, मेलमिलाप तथा बेपत्ता आयोगले खासै प्रगति नगरेको प्रति दुखः व्यक्त गर्नुभएको छ ।
स्मृति सभाका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले वि.सं. २०५४ सालमा ठुलोपातल गा.वि.स.को गाविस अध्यक्षमा निर्वाचित क. बुद्धिमान तात्कालिन दोलखा जिल्लाका ५४ गाविस मध्यकै अव्वल अध्यक्ष तथा पार्टिको प्रखर युवा नेता रहेको भन्दै उहाँको सहादत दुखःद दुर्घटना भएको बताउनुभयो । उहाँकै विचार र मार्गनिर्देश अनुरुप अहिले पनि नेपाल कम्युनिष्ट पार्टि अगाडि वढिरहेको जिकिर समेत मन्त्री फुयालले गर्नुभयो । मन्तव्यकै क्रममा उहाँले संघं, प्रदेश र स्थानीय सरकारले संयूक्त रुपमा विकास निर्माणको कार्य अहिले द्रुत गतिमा अघि वढेको समेत बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सहिद बुद्धिमान पाख्रिनका दाई जय वहादुर पाख्रिनले हत्यामा संलग्नहरुलाई अहिलेसम्म कानुनी दायरामा ल्याउन नसकेकोमा आक्रोस व्यक्त गर्नुभएको छ । ससस्त्र र राज्य पक्षको जो कोहिबाट भएको भएपनि यस्ता व्यक्ती हच्याको निष्पक्ष छानविन हुनुपर्नेमा उहाँले माग गर्नुभयो ।
स्मृति सभामा जिरी नगरपालिकाका प्रमुख टंक बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, जिरी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष ज्ञान बहादुर सुनुवार लगायतको उपस्थिति रहेको थियो भने बुद्धिमान स्मृति प्रतिस्ठानको तर्फबाट स्थानियलाइ न्यानो ज्याकेट बितरन गरिएको थियो ।
वि.सं. २०५४ सालमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट ठुलोपातल गा.वि.स.को गाविस अध्यक्षमा निर्वाचित बुद्धिमान पाख्रिनको तात्कालिन बिद्रोही नेपाल कम्युष्टि पार्टी माओवादीबाट आजैको मितिमा हत्या भएको थियो ।
Add Comment