Featured देश / राष्ट्रिय मुख्य समाचार शिक्षा समाचार स्वास्थ्य

आज ३३ औं विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं, १६ मंसिर । आज ३३ औं विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदैछ । यस वर्ष ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नारा तय गरेर दिवस मनाउन थालिएको हो ।

कोरोना महामारीका कारण यस वर्ष अन्य वर्ष झै ठूला कार्यक्रमको आयोजना नगरिने भएको छ । दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी सङ्क्रमण सरेको बताएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार नेपालमा हाल १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिला गरी २९ हजार ५ सय ३ जना एचआइभी सङ्क्रमित रहेका छन् । यस्तै, नेपालमा हालसम्म ३० जना एचआइभी सङ्क्रमित कोरोना भाइरसबाट सङ्क्रमित भएको पनि केन्द्रले बताएको छ । सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीहरुमा एचआइभी सङ्क्रमणको दर उच्च रहेको केन्द्रले जनाएको छ । नेपालमा एचआईभी नियन्त्रणका कार्यक्रम सुरु भएको तीन दशक नाघिसकेको छ ।