Featured

Featured देश / राष्ट्रिय विज्ञान-प्रबिधि समाचार

दोलखामा दुई दिन देखी इन्टरनेट सेवा अवरुद्ध : दोलखाबासी थप मर्कामा

नबिन सुनुवार । च्योर्दोङ
जिरी ७ पुस । दोलखामा दुई दिन देखि इन्टरनेट सेवामा समस्या उत्पन्न भए पछि दोलखाबासी ईन्टरनेट प्रयोगकर्ता मर्कामा परेका छन ।

नेपाल टेलिकम अन्तरगतको एडिएसएल इन्टरनेट सेवा र सुविसु इन्टरनेट सेवा हिजो देखि नै अवरुद्ध भएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट सडक खण्डमा डिभाइडर गाड्ने क्रममा अप्टिकल फाइबर चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरिले जानकारी दिनुभयो । अप्टिकल फाइबर चुडिएपछि सुविसुको पनि इन्टरनेट सेवा हिजो बिहानबाट ठप्प छ ।

चुडिएको अप्टिकल फाइबरको मर्मत कार्य जारी रहेको बताईएको छ । दोलखाको अधिकांश ठाउँहरु लगाएत जिरी नगरपालिकामा पनि नेपाल टेलिकम अन्तर्गत मोबाइल र ल्याण्डलाईन टेलिफोन सेवामा पनि समस्या देखीएको छ । फोन नलाग्ने, आवाज स्पष्ट नसुनिने लगाएतका समस्या देखा परेको छ । सबै समस्या एकै पटक उत्पन्न भएको कारणले गर्दा जिल्लावासी थप समस्यामा परेका छन् ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment