देश / राष्ट्रिय शिक्षा समाचार

उमाकुण्ड गाउँपालिकामा असल मित्र नेपाल द्वारा बिद्यालय पोसाक तथा स्टेशनरी बितरण

नबिन सुनुवार /च्योर्दोङ
रामेछाप १९ पुस । “गुणस्तरीय शिक्षाको लागि सहयोग” भन्ने मुख्य अभियानका साथ आज रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ भुजीमा असल मित्र नेपालले बिद्यालय पोसाक तथा स्टेशनरी बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ मा रहेको असल मित्र नेपालले आज रामेछापको उमाकुण्ड गाउँपालिका भुजीमा एक कार्यक्रमको आयोजना गरि उक्त बिद्यालय पोसाक तथा स्टेशनरी बितरण गरिएको हो ।

उमाकुण्ड गाउँपालिकामा रहेको कास्थेम मा.बि, भिमेश्वोर आधारभूत बिद्यालय र ठिन्केपु आधारभुत बिद्यालय गरि करिब ५३६ विद्यार्थीहरुलाई बिद्यालय पोसाक तथा स्टेशनरी सामाग्री बितरण गरिएको हो ।

यो कुनै निकायको बजेट मार्फत नभई आफ्नै ब्यक्तीगत सस्थाको लगानीमा साना-साना भाइ बहिनीहरुको लागि सानो उपहार सोरुप मायाको चिनो बितरण गरेको सस्थाका बरिस्ठ सल्लाहकार अध्यक्ष तथा जिरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ज्ञान् बहादुर सुनुवारले बताउनुभयो ।
असल मित्र नेपालले आगामी दिनहरुमा पनि विद्यार्थी लगाएत सम्पुर्ण वडा नम्बर ७ का वडाबासीहरुको मन जित्न सफल होस, सदैव हाम्रो सम्बन्ध प्रगाढ रहोस् र आउदो दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्छौ, उमाकुण्ड गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष रुद्र मणि नेवारले बताउनुभयो ।

बिद्यालय पोसाक तथा स्टेशनरीका सामान आफुहरुले पाए पछि विद्यार्थी, शिक्षक र अभिभावकहरुमा थप हौसलाका साथ खुशी मिलेको ठिन्केपु आधारभुत बिद्यालयका बि.ब्य.स अध्यक्ष मणि कुमार सुनुवारले बताउनुभयो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment