Featured देश / राष्ट्रिय समाचार

जनसहयोगीको २५औं वार्षिक साधारण सभा सम्पन्न

चन्द्र खड्का/च्योर्दोङ
जिरी, २५ पौष । पौष ११ गतेबाट शुरु भएको जनसहयोगी बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारण सभा १० करोड २३ लाख ७४ हजार रुपैया बराबरको आर्थिक प्रतिवेदन सहित सम्पन्न भएको छ ।

आर्थिक वर्ष सकिएको तीन महिना भित्र सम्पन्न गरी सक्नु पर्ने भएता पनि कोभिड १९ का कारण ढिलो गरी आज सम्पन्न भएको हो ।

पौष ११ गते सेती देवी आधारभूत विद्यालयको पाङ्गनमा उद्टान गरी शुरु भएको साधारण सभा सेवा केन्द्रहरुमा पौष १७ गते सम्पन्न भएको थियो । त्यस पछि सेवा केन्द्रहरुमा संकलित सुझाव सहित प्रतिनिधिमुलक २५औं वार्षिक साधारण सभा संस्थाको मुख्य कार्यालयमा सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाको प्रगति वार्षिक प्रतिवेदन संस्थाको तर्फबाट संस्थाका सचिव चन्द्र खड्काले प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाको आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक गणेश बहादुर खड्काले प्रस्तुत गरेका थिए भने लेखा सुपरीवेक्षण समितिको तर्फबाट लेखा सुपरीवेक्षण समितिका संयोजक बलाराम दहालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२५औं वार्षिक साधारण सभामा शरणबहादुर खत्री, निरबहादुर कार्की, शम्भु प्रसाद दहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थामा हाल १८०० जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर हिसाब १ करोड ७१ लाख ५२ हजार ९ सय रुपैया रहेको छ भने निक्षेप हिसाब ८ करोड १८ लाख ६३ हजार ६ सय ३१ रुपैया रहेको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment