Featured देश / राष्ट्रिय समाचार

दोलखाको पुरानो गाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते

नबिन सुनुवार । माघ – ०१ गते । जिरी, दोलखा

दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ स्थित पुरानो गाउँमा हिजो बेलुकी ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएको छ ।

जिरीबाट पुरानो गाउँ जाँदै गरेको ना ६ त २९७८ नम्बरको ट्याक्टर हिजो बेलुकी दुर्घटना भएको हो ।

दुर्घटना कसरी भयो ! यात्रु कति थिए, मैले सडकमा रगत बगिरहेको अबस्थामा देखे अनि बाईकमा एक जनालाई जिरी अस्पताल सम्म पुराए स्थानीय गम्बु बिकले भन्नुभयो ।

स्थानीयको भनाई अनुसार सवारी चालक फरार रहेको र उक्त ट्याक्टरमा २ जना यात्रु सवार रहेको स्थानीयको भनाइ छ ।
घटनाको विषयमा थप विवरण आउन बाकिनै रहेको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment