नबिन सुनुवार/च्योर्दोङ
पुस – २४ गते । चरिकोट, दोलखा ।
प्रचण्ड – नेपाल समुहले प्रधानमन्त्रीको असंबैधानिक संसद विघटन विरुद्ध आज चरिकोटमा व्यापक बिरोध प्रदर्शन कार्यक्रम गरेको छ ।
प्रतिनिधि सभा विघटनको असबैधानिक कदमका विरुद्ध संघर्ष गरौं । भन्ने मुख्य नाराका साथ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)जिल्ला सङ्गठन कमिटी, दोलखाले बिरोध प्रदर्शन गरेको हो ।
सातदोबाटो चोकमा आयोजना गरिएको कोण सभामा नेकपाका केन्द्रिय सदस्य दोलखा जिल्ला इन्चार्ज एवम् पुर्व राज्यमन्त्री देवी खड्का, वागमती प्रदेश सभा सदस्य रचना खड्का र नेता गंगा कार्की लगाएतले आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो ।
Add Comment