Featured देश / राष्ट्रिय विचित्र संसार समाचार

सामाजिक सञ्जाल फेसबुकमा: जब भ्याकेन्सी पेज बनाएर युवाहरूलाई ठगी गर्ने दोलखाका एक युवक पक्राउ

नबिन सुनुवार /च्योर्दोङ

जिरी २९ पुस । सामाजिक सञ्जाल फेसबुकमा जब भ्याकेन्सी पेज बनाएर बेरोजगार युवाहरूलाई ठगी गर्ने दोलखाका एक युवक आज पक्राउ परेका छन् ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ पोखरिखर्क घर भैई हाल काठमान्डौको काँडाघारी बस्ने २३ वर्षिय शिव खड्का पक्राउ परेका हुन् ।

फेसबुक पेजमा आकर्षक तलब सुविधा दिने झुठो विवरण राखेर ई-सेवा मार्फत ५ सय देखि ३५ सय सम्म डिपोजिट गर्न लगाएर ४३ जना बेरोजगार युवाहरूलाई ठगी गरेको आरोपमा खड्कालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।
खड्कालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भैइ रहेको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment