Featured देश / राष्ट्रिय समाचार

धनमालेमा ८ दिने लघु उद्यम बिकास तालिम सम्पन्न

नबिन सुनुवार/ च्योर्दोङ

जिरी, ५ चैत्र । सिप सिकौं स्वारोजगार बनौं भन्ने मुख्य उद्देश्यका साथ गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम धनमालेमा सम्पन्न भएको छ । दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ धनमालेमा ब्यावसाय सुरु तथा लैङिगक सचेतना सम्बन्धि ८ दिने तालिम आज सम्पन्न भएको हो ।

जिरी नगरपालिकाको आयोजना र सहयोग नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सिहदरबार काठमान्डौको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ३८ जनाको सहभागीता रहेको थियो, भने उक्त कार्यक्रममा उद्यम बिकासका सहजकर्ता बिनिता कुमारी चौधरी र सहायक उद्यम बिकासका सहजकर्ता
अनिता बिसीले प्रशिक्षण गराउनु भएको थियो ।
फागुन २७ गतेबाट सुरु भएको यस कार्यक्रम आज जिरी नगरपालिकाका उप-प्रमुख कृषण माया बुढाथोकीको उपस्थितिमा समापन गरिएको हो ।

उक्त तालिम लिए पछि सबैको मनमा अब राम्रो उद्यमि बन्न सक्ने साहस थपिएको तालिममा सहभागीहरुको भनाई छ । कार्यक्रम सन्चालन गर्न केही कठिन भए पनि ८ दिनको अबधी भर आफुले सोचे भन्दा राम्रो तालीम भएको उद्यम बिकासका सहजकर्ता बिनिता कुमारी चौधरीले बताउनुभयो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment