Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

पाटिटार- आहाले दोभान ट्रस पुल आजबाट संचालनमा , बिगतदेखि खेप्दै आएको काठेपुलको समस्याबाट छुटकारा

नबिन सुनुवार /च्योर्दोङ

जिरी, २९ फागुन । दोलखा जिरी स्थित पाटिटार- आहाले दोभान ट्रस पुलको माननीय सांसद विशाल खड्काको उपस्थितिमा आज एक कार्यक्रम बिच उद्घघाटन भएको छ । आज दोलखा क्षेत्र नंं.१ तथा बागमती प्रदेशका माननीय सांसद खड्काको उपस्थितिमा जिरी नगरपालिका वडा नम्बर ६ र ७ को बिचमा पर्ने सिक्री खोलामा निर्मित पुलको उद्घघाटन भएको हो ।

दिगो बिकासका लागि नागरिक मन्च, सिभिक फोरम दोलखाको २९ लाख १२ हजार ८० रुपैया, श्रमदान ६३ हजार ६ सय ६ रुपैया र जिरी नगरपालिकाको १ लाख ८९ हजार ९ सय १८ रुपैया गरि जम्मा ३१ लाख ६५ हजार ३ सय ५ रुपैयाँ लागतमा दोभान ट्रस पुलको निर्माण कार्य सम्पन्न भएको पुल निर्माण अभियन्ता एंव स्थानीय नेता शान्त नेपालीले बताए ।

नब निर्मित पुलको लम्बाई ३२ मिटर रहेको छ, भने उक्त पुलबाट जिरी नगरपालिकाको वडा नम्बर ६ र ७ गरि जम्मा कुल जनसंख्या २८ सय जनाले सेवा सुबिधा पाउने छन ।
उक्त क्षेत्रमा पुल नबन्दा बर्षायाममा निकै जोखिम पुर्ण यात्रा गर्नु परेको र काठे पुल निर्माण गरेर आवतजावत गर्दा त्यहाका स्थानीयहरुमा झन चुनौती भएकोले सबैको सहजता र दुर्घटना हुनबाट बच्नको लागि आफुले पुल बनाउन पहल गरेको नेपालीको भनाई छ ।

यस पुल निर्माणको पहल गर्न भन्दा पनि निर्माण सम्पन्न गर्न निकै गाह्रो परेको समस्या बारे स्मरण गर्दै नेपालीले भने- ” हजारौं चुनौतीलाई सामना गर्दै भए पनि पुल निर्माण सम्पन्न गरेरै छोड्यौं यो नै हाम्रो सफलता हो ।” नागरिकको आवश्यकता अनुसारको आफ्नो सोच पूरा भए पछि र त्यहाका जनताहरुले पुस्तौ देखि खेप्दै आएको समस्याबाट छुटकारा पाएकोमा आफु निकै खुशी भएको उनले बताए । नेपाली सगै त्यहाका स्थानीयमा समेत खुसियाली मिलेको छ भने उनको समाज प्रतिको एक अबिस्मरनीय कामले त्यस क्षेत्रमा लाभान्वित नागरिकमा खुशी छाएको देखिन्छ ।

कार्यक्रममा राजनीतिक दलका पार्टी प्रतिनिधि, जिरी नगर प्रमुख टंक बहदुर जिरेल , समाज सेवि, बुद्धिजिबि, जेष्ठ नागरिक सुरक्षा कर्मी पत्रकार साथै स्थानीय लगायतको सहभागीता रहेको थियो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment