Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

हलेश्वोर सामुदायिक वनमा भिषण आगलागी

चन्द्र खड्का/च्योर्दोङ
जिरी, १९ फागुन । दोलखाको जिरीमा भीषण आगोलागी भएको छ । जिरी नगरपालिका वडा नं. ३ स्थित हलेश्वोर सामुदायिक वनमा आगोलागी भएको हो ।

रामेछापको गोकुलगंगा गाउपालिका एकामफेदि नजिकैबाट सुरु भएको आगो नियन्त्रनमा आउन सकेको छैन । बिहानै बाट आगो सुरु भएको थियो । स्थानियले आगोलागी भएको हल्ला गर्न साथ स्थानिय , इलाका प्रहरी कार्यालय जिरीका प्रहरी, नेपाली सेनाको टोलिले दिन भर आगो नियन्त्रण गर्न खोजे पनि आगोले भीषण रुप लिदा आगो नियन्त्रनमा लिन नसकिएको हो ।

डढेलोबाट हलेस्वोर सामुदायिक वनमा भएको सल्लो , डाले घास विभिन्न जात विरुवा डढेर नष्ट भएको छ । बाक्लो बिरुवा र भिर भएको कारण आगो नियन्त्रणमा लिन नसकिएको हलेश्वोर सामुदायिक वनका अध्यक्ष रामबहादुर केसिले बताएका छन । डढेलो धाउखानी सामुदायिक वनमा पस्ने सम्भावना बढी देखिएको छ । आगो कस्ले लगाएको अहिले सम्म पत्ता लागेको छैन ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment