Featured

Uncategorized

कृषिमा प्रबिधि प्रयोग सहज तर इन्धनको मुल्यबृद्दिले किसान मर्कामा

केदार दहाल / बैतेश्वर
नेपाल कृषि प्रदान देश हाे । पहिले पहिले नेपालमा धेरै अन्न उत्पादन हुने गर्दथ्याे । तर आजकाल नेपालकाे धेरै जमिन बाझो अवस्थामा रहेकाे छ। अहिले कृषक हरुकाे लागि काम गर्न कतिपय सजिलाे हुनुका साथै समयकाे पनि सदुपयाेग हुनेखालका कृषिऔजार हरु बजारमा उपलब्ध छन् ।

खेतबारि जाेत्नकाे लागि जाेत्ने हाते ट्याक्टर, गहुँ र काेदाे कुट्ने थ्रेसर र गाई, भैंसि बाख्राकाे लागि मकै, गहुँ र काेदाे जस्ता अन्नहरु पिस्ने घरकाे बिजुली मिटरबाट चल्ने सानाे पिस्ने मिल जस्ता कृषि औजारहरु गाउँ घरमा कृषकहरुले प्रयोगमा ल्याएका छन् । कतिपय कृषकहरु यस्ता सामानहरु आएकाले हर्षित हुँदै कृषि क्षेत्रपनि प्रविधि मैत्रि भएकाे र काम गर्न जाँगर र सहज भएको भनिरहेका छन् । यस्ता सामानहरु कृषि ज्ञान केन्द्रले विभिन्न कृषक समुह र कृषि सहकारिहरु मार्फत किसानहरुलाई अनुदानमा बितरण गर्ने गरेकाे छ ।

यतिबेला कृषकहरुका खेतबारीमा गहुँ पाकेर भित्र्याउने बेला भएकाे छ । यसपालि केहिसमय माैसम खराब भएका कारण कृषकहरु पाकेकाे बालि भित्र्याउन हतार गरिरहेका छन् ।बिगतमा खेतबारीबाट काटेर ल्याईए पछि कुट्न र केलाउन पनि ३,४ दिन लाग्ने गरेकाे अन्नबालि अहिले डिजेल बाट चल्ने थ्रेसर मेसिनको प्रयोगमा २,३ घण्टामानै सकिने गरेकाे छ ।

यसरि थ्रेसर मेसिनमा गहुँ कुट्न १ जनाले कुट्दा धेरै समय लाग्ने भएकाले ३,४ जनाकाे सबै मिलेर सँग सँगै कुट्ने गरेका छन् । एक घण्टामा राम्राे सँग सुकेकाे भए ३ मुरि र अलि नसुकेकाे भए २ मुरि सम्म कुट्ने गरेकाे तर नेपाल सरकारले कृषकहरुकाे लागि अनुदानमा मेसिनहरु दिए पनि अहिले डिजेल तथा पेट्राेलकाे मुल्य बढेकोले किसानहरु मर्कामा परेकाे र खासै राम्राे ज्याला नरहने भएकाेले निरास समेत हुन थालेका छन्।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment