Featured

Featured देश / राष्ट्रिय समाचार

जिरी सिक्री-किर्ने सडक खण्डमा राखिएको सडक संकेत अज्ञात समुहद्रारा तोडफोड

नबिन सुनुवार । चैत्र- ३१ गते । जिरी , दोलखा ।

जिरी सिक्री-किर्ने सडक खण्डमा राखिएको सडक चिन्न अज्ञात समुहद्रारा तोडफोड गरेपछी ठेकेदारले प्रहरीमा उजुरी दिइएको छ । दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ मा पर्ने जिरी सिक्री-किर्ने सडक खण्डमा राखिएको सडक चिन्न केही समय नबित्दै अज्ञात समुहबाट तोडफोड भएको हो ।

भर्खरै स्तर उन्नतीपछि राखिएको सडक चिन्न अज्ञात समुहले तोडफोड गरेपछी आफूहरुले बाध्य भएर चाडै ती ब्यक्ति वा समुह पत्ता लगाउन ईलाका प्रहरी कार्यलय जिरीमा उजुरी दिइएको ठेकेदार सुरज खड्काले बताए । जिरीबाट सिक्री सम्मको सडक खण्ड भित्र मात्रै १० वटा सडक चिन्न उखेलेर कोहि सडकमा कोहि जङ्गलमा फालिएको दिपक नेपालीको भनाई छ ।

गत चैत्र २५ गते उक्त सडकको सडक चिन्न तोडफोड गरेको र उक्त तोडफोडबाट करिब ७० हजार जतिको क्षेती भएको डिके तामाङले जानकारी दिए ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment