Featured देश / राष्ट्रिय मुख्य समाचार राजनीति समाचार

नेकपा माओवादी केन्द्रका स्वर्गीय नेता कृपाश्वरकी श्रीमती एमाले प्रवेश नगरेको स्पष्टीकरण(बिज्ञप्ती सहित)

जिरी, बैशाख १४ । नेकपा माओवादी केन्द्रका स्वर्गीय नेता कृष्णप्रसाद दाहालकि धर्मपत्नी चित्रमाया दाहालले आफू नेकपा एमालेमा प्रवेश नगरेको एक बिज्ञप्ती जारी गर्दै स्पष्ट पार्नुभएकी छिन । उहाले आफुलाई अन्य कार्यक्रमको लागि सहभागी गराई षड्यन्त्रात्मक तरिकाले पार्टी प्रवेशको प्रचार गरेको बताउनुभयो । सुचना तथा संचार मन्त्री उपस्थित कार्यक्रममा बोलाइएपछि गएकी दाहाललार्ई फोटो खिचाएर पार्टी प्रवेश गराएको भन्दै एमाले नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनले विज्ञप्तीनै निकालेर आफु एमाले प्रवेश नभएको बताएकी हुन् ।

जिरी नगरपालिका ३ कुथामेमा रहेको कार्यक्रममा आफुलाई बोलाइएको र खादा लगाईदिइएको तथा सोेही क्रममा फोटो पनि खिचेको र एमाले प्रवेश गराएको भन्दै एमाले नेता तथा कार्यकर्ताले हल्ला फैलाउँदै सो फोटो पोष्ट गरेर हिँडेकोमा उनले घोर आपत्ति जनाएकी छन् । उहाँले, नेकपा माओवादी केन्द्रमा रहेर आफ्नो स्वर्गीय श्रीमान र छोराले पुर्याएको योगदान जिवितनै रहेको भन्दै यसअघि पनि आफु माओवादी पार्टीमा रहेको र अब पनि माओवादीनै रहेको बिज्ञप्ती मार्फत जनाउनुभएको छ । जिरी नगरपालिका ३ घर भएको उनी स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिकामा माओवादी केन्द्रबाट उप प्रमुख पदका लागि निर्वाचन लडेकी थिइन् ।

त्यसैगरि उनको छोरा किशोर कुमार शर्मा दाहालले पनि विज्ञप्ती जारी गरी हिजो पनि आफ्नो परिवारको योगदान नेकपा माओवादीमै रहेको र आज पनि सोही पार्टीबाट राजनीतिक आन्दोलनमा रहेको भन्दै स्वर्गीय बुबा कृपाश्वर र सहिद भाई विश्वासको बलिदानीको नाजायज फाइदा नउठाउन र दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।

हिजो जिरी ३ मालीस्थित कुथामे डाँडामा सरकारका प्रवक्ता एवम् सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, संघीय सांसद शान्ति पाख्रिन र जिरी नगरपालिकाका नगरप्रमुख टंक जिरेल लगायत एमालेका नेता कार्यकर्ता सहभागी कार्यक्रमबाट चित्रमायाले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेको भनी गलत प्रचार गरिएको थियो ।कभर तस्बिर ; सामाजिक संजाल