Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार शिक्षा समाचार

नेपाल मानव अधिकार संगठन दोलखाको एक दिवसीय प्रशिक्षण कार्यक्रम जिरीमा सम्पन्न

जिरी, चैत ८ । दोलखाको जिरीमा एक दिवसीय मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम नेपाल मानव अधिकार संगठन दोलखा शाखाले आयोजना गरेको हो ।

जिरी नगरपालिका का नगर प्रमुख टंक जिरेलको प्रमुख आथित्यतामा संचालित उद्घाटन कार्यक्रममा नेपाल मानव अधिकार संगठन दोलखा का अध्यक्ष दिपशंकर चौलागाईं को अध्यक्षता रहेको थियो ।

कार्यक्रमबाट मानव अधिकारको रक्षार्थ योगदान गरेको भन्दै तीन जनालाई सम्मान गरिएको छ । नागरिक आन्दोलनको माध्यमबाट मानव अधिकारको रक्षार्थ र नागरिक अधिकारको पक्षमा वकालत गर्दै जिल्लाको सामाजिक न्यायका क्षेत्रमा योगदान गरेकोमा सामाजिक अभियन्ता केन्द्रज्योती खड्का, पत्रकारिताको माध्यम बाट समग्र दोलखाको विकास साथै नागरिकको अधिकारको पक्षमा कलम चलाउदै मानव अधिकार रक्षार्थमा योगदान पुर्याएकोमा पत्रकारद्वय गौतम जिरेल र राजन बस्नेत लाई सम्मान गरेको हो । सम्मान हुने सबैप्रती बधाई ज्ञापन गर्दै अध्यक्ष चौलागाईंले आगामी दिनमा समेत मानव अधिकार संरक्षणको क्षेत्रमा थप योगदानको अपेक्षा गरेको बताउनुभयो । दोलखाली नागरिकको अधिकार संरक्षणमा नेपाल मानव अधिकार संगठन दोलखा शाखाले सशक्त भुमिका निर्वाह गरेको र नागरिक सर्बोच्चताको लागि आफू निरन्तर लागिरहने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख जिरेलले जिरी नगरपालिकामा मानव अधिकारको क्षेत्रमा नागरिक सुसूचित कार्यक्रम समानान्तर भैरहेको र यस प्रकारको प्रशिक्षण कार्यक्रमले यस क्षेत्रका नागरिकहरुको आफ्नो अधिकार रक्षार्थ थप टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षक द्वय वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठी र प्रा. डा. गोविन्द ढकाल लगायत जिरी नगरपालिकाको न्यायीक समितिका प्रतिनिधिहरु, तिनै सुरक्षा तहका प्रशिक्षार्थीहरु, पत्रकार तथा नागरिक समाजका अगुवा सहितको सहभागिता रहेको थियो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment