Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

बैतेश्वरको मिर्गेमा अपांग सहयोगी कार्यक्रम अन्तरगत चल्ला र दाना बितरण

केदार दहाल /च्योर्दोङ

बैतेश्वर, बैशाख ६ ।   दाेलखाको बैतेश्वर गाँउपालिका वडा नं ३ मिर्गे ले गिरिराज चल्ला र दाना बितरण गरेको छ । अपांग ब्यक्तिहरु लक्षित उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।

 

आ व २०७७ मा वडा भरिका सम्पुर्ण अपाङ्गहरुलाई लक्षित गरेर जम्मा रु ५००००|- ( पचास हजार ) बजेट छुट्याईएकाे थियाे । जस अनुसार वडामा रहेका अपाङ्ग हरुले साविक ८ वटा वडाहरु काे प्रतिनिधित्व हुने गरि १-१ जना गरि कमल प्रसाद दहालको अध्यक्षतामा ८ जनाकाे समिति गठन गरेकाे थियाे ।

 

समितिले भत्ता खाने अपाङ्गहरु बाहेक अन्य अपाङ्गहरुलाइ त्यहि बजेट बाट जम्मा ११० ओटा गिरिराज कुखुराका चल्ला खरिद गरि जम्मा ११ जना अपाङ्गहरु लाई १०-१० ओटाका दरले बितरण गरेको छ । त्यसैगरी उनिहरुलाई १४-१४ केजि का दरले दाना समेत बितरण गरेको समितिका अध्यक्ष दहालले बताउनु भयाे । श्रीमान श्रीमति दुबै जना अपाङ्ग भएका र साबिक गा वि स हुँदा दुबैजनाले भत्ता खाँदै अाएकाे भएपनि गाउँपालिका बनिसकेपछि भत्ता कटौति गरेकाे कुरा सुनाउँदै अहिले १० ओटा मात्रै भएपनि वडाले अपाङ्गहरुकाे लागि नयाँ कामकाे शुरुवात गरेकाेले आफुलाई खुसि लागेकाे अपाङ्ग गँगामाया खड्काले बताउनुभयाे । त्यसैगरि यिनै चल्ला हुर्काएर ठुला बनाएर केहि आम्दानि गरि आफ्नाे घरायसी समस्या समाधान गर्ने अर्का अपाङ्ग तिलाेचन  दहालले बताउनुभयो ।

 

आगामि दिनहरुमा पनि यसै गरि अपाङ्गहरुलाई साहारा हुनेगरि निरन्तर अन्य कार्यक्रमहरु संचालन गर्ने समितिका सचिव शान्ता बहादुर दहालले बताउनुभयो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment