Featured देश / राष्ट्रिय समाचार

हिमालयन इसाई मण्डलीको २५ औं बार्षिक उत्सव सम्पन्न

नबिन सुनुवार/च्योर्दोङ

जिरी, २५ चैत । हिमालयन इसाई मण्डलीको २५ औं बार्षिक उत्सव तथा रजत महोत्सव कार्यक्रम आज सम्पन्न भएको छ ।
दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ खोल्मेमा अबस्थित हिमालयन इसाई मण्डलीको आज एक भब्य कार्यक्रमका बिच २५ औं बार्षिक उत्सव सम्पन्न भएको हो ।
उक्त मण्डली २०५२ साल चैत्र २५ गते स्थापना गरिएको थियो । जम्मा ३ जना नानिहरुको साथमा आराधना मण्डली सानेपाबाट पास्टर ज्ञान् बहादुर सुनुवारले सुरुवात गर्नुभएको हो ।

मण्डली स्थापना सगै ख्रीस्टको सेवाकाईमा आफुले धेरै दु:ख भोगेको र यो संघर्ष र चुनौतीपुर्ण सेवाकाइमा आफुले अनगिन्ती अनुभव र धेरै आशिस पाएको रेभ पास्टर ज्ञान् ब. सुनुवारले बताउनुभयो । कार्यक्रममा मण्डली सुरुवात भए देखि अहिलेसम्मको यथार्थत मण्डली सेवाकाईको इतिहास बारे भिडियो समेत प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रमा प्रबचन रेभ पास्टर हनोक तामाङले दिनुभएको थियो, भने कार्यक्रममा अगुवाहरुलाई अभिषेक समेत गरिएको हिमालयन इसाई मण्डलीले जनाएको छ । कार्यक्रममा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बु, लगाएत काठमान्डौ देखिका पास्टर तथा बिश्वासिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा करिब ४ सय भन्दा माथिको संख्यामा बिश्वासीहरुको सहभागिता रहेको थियो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment